मधेसखबर
वीरगन्ज,३०पुसः मधेस प्रदेशसभाको सभामुखका लागि दुइ जनाले उम्मेदवारी दिएका छन् । सभामुख पदका लागि आइतबार सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद रामचन्द्र मण्डल र नेपाली काँग्रेसका तर्फबाट सांसद जंगिलाल यादवले उम्मेदवारी दिएका हुन् ।
मण्डल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । सत्ता गठबन्धनका उम्मेदवार मण्डलले ७२ जना प्रदेश सांसदको समर्थन रहेको दाबी गर्दै सभामुखमा उम्मेदवारी दिएका हुन् ।
यादवलाई कांग्रेस सांसदहरुको मात्रै समर्थन छ । १ सय ७ सदस्यीय मधेसको प्रदेशसभामा कांग्रेस दोस्रो ठूलो दल हो । कांग्रेससँग २२ सांसद मात्र छन् । सभामुखको निर्वाचन माघ २ गते सोमबारका लागि तोकिएको छ ।
The post मधेस : सभामुखका लागि एमालेका मण्डल र काँग्रेसका यादवको उम्मेदवारी appeared first on Madhes Khabar.
प्रतिक्रिया