Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

जनप्रतिनिधिले हडपेको सार्वजनिक जग्गा अधिनमा ल्याउन वीरगञ्ज महानगरको नापजाँच

SHARE: 520

वीरगंज, ४ पुस ।
वीरगञ्ज महानगरपालिकाले नगर भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न शुरू गरेको छ ।
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुग्न थालेको हो ।
सोमवार वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँँमा पुगेको टोलीले त्यहाँ अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेको छ ।
जनप्रतिनिधिले नै कब्जा गरेको सार्वजनिक जग्गा छुट्याउन नापजाँच गरेर महानगरले सार्वजनिक जग्गा खोजी अभियानको थालनी गरेको हो ।
सोमवार महानगरको टोलीले वडा नम्वर १७ का वडासदस्य अमोद यादवले अतिक्रमण गरेर भोगचलन गर्दै आएको वडा नम्वर १९ कोनियाँमा पर्ने सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउन नापजाँच गरेको हो ।
यादवले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताए । 
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान चलाउनुभएको हो । अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक छैन । तथ्यांक नहुँदा काम गर्न कठिनाई भएकाले महानगरले आफ्नो सीमा भित्र रहेका सार्वजनिक सम्पत्ति संरक्षण गर्न जग्गा खोजि अभियान अघि बढाइएको नगरप्रमुख सिंहले बताउनुभयो । 
सोमवार पहिलो दिन भएको र यो अभियान अब ३२ वटै वडामा संचालन हुने पनि महानगरले जनाएको छ ।
हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि नगरप्रमुख सिंहले बताउनुभयो ।
अभियान अन्तर्गत सोमवार नगरप्रमुख सिंहको सचिवालयका हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि भुषाल, नक्सा शाखाका सर्वेक्षक निरज चौरसिया, अमिन लेखनारायण कर्ण, १९ नम्बर वडाका अमिन रामेश्वर प्रसाद कुशवाहा लगायत वडा नम्वर १७ र १९ का वडाध्यक्ष तथा जनप्रतिनिधिको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: जनप्रतिनिधिले हडपेको सार्वजनिक जग्गा अधिनमा ल्याउन वीरगञ्ज महानगरको नापजाँच
जनप्रतिनिधिले हडपेको सार्वजनिक जग्गा अधिनमा ल्याउन वीरगञ्ज महानगरको नापजाँच
https://blogger.googleusercontent.com/img/a/AVvXsEiNSYGNFdSwboDxjFIW1SrozQVj-fcEt4nYpiDT03xXfFT5M6EPhxSAFrCAXuAydWCIP2zLvmn17007FzdrOkMK7p53bjWyS11ynb2NpWpj8osLI6lrZ1TgvEdllYAgRwTmMWxAv238J0BcMjgNiCqZJGJXL6jmn5sSqoK-54C8k845HyXuE3EIRO0W=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiNSYGNFdSwboDxjFIW1SrozQVj-fcEt4nYpiDT03xXfFT5M6EPhxSAFrCAXuAydWCIP2zLvmn17007FzdrOkMK7p53bjWyS11ynb2NpWpj8osLI6lrZ1TgvEdllYAgRwTmMWxAv238J0BcMjgNiCqZJGJXL6jmn5sSqoK-54C8k845HyXuE3EIRO0W=s72-c
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/12/blog-post_68.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/12/blog-post_68.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content