Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

पर्सामा डिभोर्सका घटना चार गुणाले वृद्धि

SHARE: 520

मधेसखबर
वीरगन्ज,१० पुस: पर्सामा वर्षेनी सम्बन्ध विच्छेद (डिभोर्स) को घटना बढ्दो क्रममा रहेको छ । मधेसी समुदायमा विवाहिता महिला माथि हुने घरेलु हिंसा , उमेर नुपुग्दै अभिभावकको करकापमा हुने विहे र वैदेशीक रोजगारी लगायतका कारणले पर्सामा पति पत्नि बिचको सम्बन्ध विच्छेद (डिभोर्स)का घटना वर्षेनी बढदै गएको पाइएको छ ।

पर्सा जिल्ला अदालतमा आर्थिक वर्ष २०७०/०७१ मा ६० वटा मुद्धा मात्र दर्ता भएकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा भने त्यसको चार गुण बढि अर्थात २५८ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७० यता हरेक आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्धा दर्ताको संख्या निरन्तर बढ्दो क्रममा रहेको जिल्ला अदालत पर्साका रजिष्टार अरुण कोइराला बताउछन् ।
उनका अनुसार , जिल्ला अदालतमा आर्थिक वर्ष २०७१/०७२ मा १३३ वटा, आर्थिक वर्ष २०७२/०७३ मा १५१ वटा, आर्थिक वर्ष २०७३/०७४ मा १७९ वटा, आर्थिक वर्ष २०७४/०७५ मा १२५ वटा, आर्थिक वर्ष ०७५/०७६ मा २२० वटा, आर्थिक वर्ष ०७६/०७७ मा १६३ वटा र आर्थिक वर्ष २०७७/०७८ मा १८३ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् ।

पर्सा जिल्ला अदालतले उपलब्ध गराएको विगत ९ वर्षको तथ्याङकले नै वर्षेनी सम्बन्ध विच्छेदको घटना बढ्दै गएको पुष्टि भएको हो ।सम्बन्ध विच्छेदका घटना बढ्नुमा कुनै एउटा विशेष कारण मात्र नभइ धेरै कारणहरु रहेको याहाका कानून व्यवसायी (अधिवक्ता) हरु बताउछन् ।
ती मध्ये पहिलो कारण मधेसी समुदायमा परवारकै सदस्यबाट हुने घरेलु हिंसा सम्बन्ध विच्छेदको पहिलो कारण भएको अधिवक्ता वीरेन्द्र प्रसाद यादव बताउछन् । यादव भन्छन्,‘ मधेसी समाजमा पहिले पहिले बुहारीहरु सासु ससुराको कडा परिबन्धमा घरभित्रै बस्नु पर्ने चलन थियो , तर अहिले समय फेरिएको छ , मधेसका छोरीचेली शिक्षित र सचेत हुदै गएका छन् , विहे भएर घरमा जादा सासु ससुराको पुरातनवादी सोचमा बस्न चाहदैनन् जसका कारण परिवार भित्रै द्वन्द्ध हुन्छ , अनि उ माथि हिंसा पनि हुन्छ , त्यो सह्य नभएर बुहारीहरुले माना चामलको माग गरेर अदालतमा डिभोर्सका लागि मुद्धा दिने संख्या बढ्दै गएको छ ।

अदालतमा पछिल्ला केहि वर्ष यता अदालती विवाह दर्ता (कोर्ट म्यारिज) भन्दा डिभोेर्स (सम्बन्ध विच्छेद) का मुद्धाकाे संख्या बढेको पनि यादव बताउछन् । उनि भन्छन् ‘ अदालतमा जति कोर्ट म्यारिज भइरहेको छैन , त्यो भन्दा बढि त डिभोर्सका मुद्धा आइरहेको छ ।

यसका साथै छोराछोरीको उमेर नपुग्दै अभिभावकले करकापमा विहे गरिदिने गरेका कारण पनि पर्सामा वर्षेनी सम्बन्ध विच्छेदका घटनामा बृद्धि हुदै गएको रजिष्टार कोइराला बताउछन् ।उनि भन्छन् ,‘ उमेर नपुग्दै अभिभावकको करकापमा विहे गरिन्छ , महिला घरमै बस्छन तर पुरुषहरु अध्ययन वा कामको शीलशीलमा बाहिर लामो समय सम्म बस्छन् , पुरुषहरुको अन्य युवती वा महिलासंग सम्बन्ध नजिकिन्छ अनि पुरुषहरु अर्को विहे गर्ने निर्णयमा पुग्छन् , यो कारणले पनि अधिकांश सम्बन्ध विच्छेद हुने गरेको छ ।

मधेसमा कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुदै गएपछि एकले अर्कालाइ मन नपराउने कारणले पनि सम्बन्ध विच्छेद गर्ने प्रवृति बढ्दै गएको अधिवक्ता यादव पनि बताउछन् ।

वैदेशिक रोजगारीका कारण पनि पति पत्नि बिच सम्बन्ध विच्छेद हुने गरेको अदालतका श्रेस्तेदार कोइराला बताउछन् । उनि भन्छन् ,‘ विवाहित पुरुषहरु बैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै पति पत्निका सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ , जुन अन्तत सम्बन्ध विच्ेछदकै विन्दुमा पुगेर टुंगीने गरेको छ ।

बैदेशीक रोजगारीमा दुइ तीन वर्ष बिताएर घर फर्कने पुरुषले पत्निको आचरण माथि शंका गर्नु, पति विदेशमै रहेका बेला पत्निको परपुरुषसँग सम्बन्ध जोड्नु जस्ता कारणले गर्दा पनि सम्बन्ध बिच्छेद गर्ने दम्पतिहरुको सख्या बढदै गएको अधिवक्ता यादवको तर्क छ ।

The post पर्सामा डिभोर्सका घटना चार गुणाले वृद्धि appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: पर्सामा डिभोर्सका घटना चार गुणाले वृद्धि
पर्सामा डिभोर्सका घटना चार गुणाले वृद्धि
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/IMG-20221225-WA00001.jpg?resize=1024%2C575&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/12/blog-post_472.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/12/blog-post_472.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content