वीरगन्ज ,२२ मंसिर : डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको छ । सांसदहरुको क्लष्टर मिलाएर तीन दिनभित्र नाम पेश गर्न निर्वाचन आयोगले बुधबार नै सबै दलहरुलाई आग्रह गरिसकेको छ ।
५ जना समानुपातिक सांसदमध्ये आधा महिला पठाउनुपर्ने हुन्छ । राउतका लागि दुईजना वा तीनजना महिला पठाउने सुविधा छ । ५० प्रतिशत महिलाको प्रतिनिधित्व रहने गरी समानुपातिकको क्लष्टर मिलाउन १ जना आदिवासी जनजाति, १ जना खस आर्य र एकजना दलित र एकजना मधेसी अनिवार्यरुपमा पठाउनुपर्ने हुन्छ ।
जनमत पार्टीले निर्वाचन आयोगमा ३५ जनाको बन्दसूची पठाएको छ । सूचीको १ नम्बरमा धनुषाकी मधेसी महिला अनितादेवी साहको नाम छ । दोस्रो नम्बरमा मोरङकी आदिवासी जनजाति महिला सोनु मुर्मको नाम छ भने तेस्रो नम्बरमा महोत्तरीकी खस आर्य महिला गोमा लाभ देवकोटाको नाम छ ।
दलितको कोटाबाट सूचीको पहिलो प्राथमिकतामा कपिलवस्तुकी महिला दूर्गावती धोबीको नाम छ । पुरुषतर्फ सप्तरीका सुरेन्द्र नारायण यादव र कञ्चनपुरका विक्रमबहादुर बमको नाम बन्दसूचीमा छ । यिनै नामभित्रबाट जनमत पार्टीले ५ जना सांसदको नाम पठाउन सक्ने देखिन्छ ।
दलहरुले समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाउँदा ६.६ प्रतिशत थारु, ४.४ प्रतिशत मुस्लिम र ४.४ प्रतिशत पछिडिएको क्षेत्रलाई छनोट गर्नुपर्ने हुन्छ । तर, ११ सिटभन्दा कम सिट पाउने दलको हकमा थारु, मुस्लिम लगायतको प्रतिशत पुर्याउनै पर्ने बाध्यता नहुने तर छनोट गर्दा राम्रो हुने आयोगका अधिकारीहरु बताउँछन् ।साभार: कान्तिपुर
The post सिके राउतकाे पार्टीबाट काे काे बन्दै छन् समानुपातिक ५ सांसद ? appeared first on Madhes Khabar.
प्रतिक्रिया