Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

यी हुन् यसपालि मधेसमा चुनाव हारेका १८ पूर्वमन्त्रीहरु

SHARE: 520

वीरगन्ज,१७ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भएका छन् भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ ।

पूर्वमन्त्री तथा कांग्रेस नेता सुरेन्द्रप्रसाद चौधरी पर्सा क्षेत्र नम्बर ३ मा एमालेका राजकुमार गुप्तासँग पराजित भएका छन् । निर्वाचित एमालेका गुप्ताले २४ हजार तीन सय १९ मत पाउदा चौधरीले २४ हजार एक सय ५२ मत मात्रै पाए ।

वर्तमान सरकारको खानेपानीमन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ मा पराजित भएका छन् । जहाँ एमालेका अच्युतप्रसाद मैनाली ३९ हजार एक सय ९५ मत ल्याएर विजयी भएका छन् । मन्त्री चौधरीले भने ३० हजार ५६ मत मात्र प्राप्त गरे ।
पूर्वमन्त्री तथा एमाले नेता एकबाल मियाँ पनि बारा क्षेत्र नम्बर ४ मा नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार श्रेष्ठसँग पराजित भएका छन् ।श्रेष्ठले ३० हजार तीन सय ४१ मत ल्याएर विजयी हुदाँ पूर्वमन्त्री मियाँ भने २० हजार तीन सय ३६ मत प्राप्त गरेका छन् ।

सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित भएका छन् ।धनुषाको क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव अघिल्ला प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित भएका छन् । गत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्की १७ हजार दुई सय ९६ मत प्राप्त गरेका थिए । यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस्तै धनुषा क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धामा रहेका तीन जना पूर्वमन्त्रीमध्ये पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण यादव निर्वाचित भएका छन् भने पूर्वमन्त्री उमाशङ्कर अरगरिया र रामचन्द्र झा पराजित भएका छन् । गत २०७४ सालको निर्वाचनमा अरगरिया निर्वाचन हुँदा झा र यादव पराजित भएका थिए ।

धनुषा क्षेत्र नं ३ मा पूर्वमन्त्री तथा लोसपा नेता अनिलकुमार झा पराजित भएका छन् । झा , पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेत्री जुलीकुमारी महतोसँग पराजित भएका हुन् । महतोले ३३ हजार तीन सय ८८ मत प्राप्त गर्र्दा झाले २३ हजार छ सय ८६ मत मात्रै पाए ।

धनुषाको क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ दोस्रो पटक विजयी हुँदा पूर्वमन्त्री तथा कांग्रेसका सहमहामन्त्री महेन्द्रयादव पराजित भएका छन् । महासेठले यादवलाई एक सय ४२ मतान्तरले पराजित गरेका हुन् । महासेठले ३२ हजार दुई सय ३६ मत ल्याएर निर्वाचित हुदाँ यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरे । सोही क्षेत्रको प्रदेशसभामा चुनाव लड्नुभएका पूर्वराज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता सत्रुधनप्रसाद महतो पनि एमालेका नेता हरिनारायण महतोसँग पराजित भएका छन् ।

धनुषामा ६ जना पूर्वमन्त्री पराजित हँदा छिमेकी जिल्ला सिरहामा पनि चार जना पूर्वमन्त्रीले पराजय बेहोर्नुपरेको छ । सिरहा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा कांग्रेस नेता पदमनारायण चौधरी एमालेका रामशङ्कर यादवसँग पराजित भएका छन् । एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गरी विजयी हुँदा चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरे ।

सिरहा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा कांग्रेस नेत्री चित्रलेखा यादव पराजित भएकी छन् । उनलाई पूर्वमन्त्री तथा जसपाका नेता राजकिशोर यादवले एक हजार एक सय ५० मतान्तरले पराजित गरेका हुन् । त्यहाँ जसपा नेता यादवले २४ हजार एक सय ७८ मत प्राप्त गर्दा कांग्रेस नेत्री यादवले २३ हजार २८ मत प्राप्त गरिन् ।

सिरहा क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा एमाले नेता लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा अर्का पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साह पराजित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले नेता श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्दा माओवादी नेता साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरेका छन् ।

सिरहा क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री धर्मनाथ साह पनि फराकिलो मतान्तरले पारजित भएका छन् । सो क्षेत्रमा जसपाबाट डा वीरेन्द्रप्रसाद महतो २३ हजार एक सय दुई मत ल्याएर विजयी भएका छन् भने तेस्रो स्थानमा रहेका पूर्वमन्त्री साहले १४ हजार छ सय ५३ मत मात्र प्राप्त गरे ।

सप्तरी क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग फराकिलो मतान्तरले पराजित भएका छन् । जनमत अध्यक्ष डा राउत ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुँदा जसपा अध्यक्ष यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गरेका छन् । सो क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ (२) मा चुनाव लडेका पूर्वमन्त्री तथा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादव आफ्नै पूर्वसहकर्मीबाट पराजित भएका छन् । उम्मेदवारी मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा नेकपा (माओवादी केन्द्र) छाडेर जनमत पार्टीबाट उम्मेदवारी दत्र्ता गराएका महेशप्रसाद यादवले पूर्वमन्त्री यादवलाई पराजित गरेका हुन् ।

गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भई मन्त्रीसमेत भइसक्नुभएका हेमराज तातेड यस पटकको प्रदेशसभा सदस्य निर्वाचनमा भने आफ्नो जमानतसमेत जोगाउन सकेनन् । कांग्रेसले टिकट नदिएपछि सप्तरी क्षेत्र नम्बर १(१) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका तातेडले जम्मा नौ सय ९२ मत मात्र प्राप्त गरे । सो क्षेत्रबाट एमालेका राजकुमार लेखी १४ हजार दुई सय ९१ मत प्राप्त गरी विजयी भएका छन् ।

महोत्तरीमा पनि दुई जना पूर्वमन्त्री पराजित भएका छन् । महोत्तरी क्षेत्र नम्बर १ मा पटकपटक मन्त्री भइसक्नुभएका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल एक हजार ३० मतान्तरले अघिल्लो प्रतिस्पर्धीबाटै पराजित भएका छन् ।

एमालेका लक्ष्मी महतो कोइरी २३ हजार चार सय दुई मत ल्याएर विजयी हुँदा पूर्वमन्त्री पोखरेलले २२ हजार तीन सय २ मत प्राप्त गरे । गत २०७० र २०७४ सालको निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट निर्वाचित भएका थिए । पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव पनि पराजित भएका छन् । कांग्रेस नेता महेन्द्र राय महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदा पूर्वराज्यमन्त्री यादव चार हजार एक सय २४ मतान्तरले पराजित भएका हुन् ।राय २५ हजार चार सय २० मत ल्याएर निर्वाचित हुँदा जसपाका यादव २१ हजार दुई सय ९६ मतमा सीमित भए । गत २०७४ सालको निर्वाचनमा यादवले रायलाई पाँच हजार मतान्तरले पराजित गरेका थिए ।

गत २०७४ सालको निर्वाचनमा निर्वाचित भएको धनुषा क्षेत्र नम्बर ३ छाडेर सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लड्नुभएका पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि पराजित भएका छन् ।त्यस क्षेत्रमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हँदा महतो दुई हजार ११ मतान्तरले पराजित भएका हुन् । महेन्द्र रायले २३ हजार पाँच सय २९ मत ल्याएर विजयी हुँदा महतो २१ हजार पाँच सय १८ मतमा सीमित भए।यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि तत्कालिन सर्लाही क्षेत्र नम्बर ५ मा महतो महेन्द्र राय यादवसँगै पराजित भएका थिए । गत २०७४ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेर महतो सांसदमा निर्वाचित भएका थिए ।

चुनाव जितेर गएपछि नेताहरु जनतासँग गरेको वाचा बिर्सिने, नाताबाद, कृपावादमा रमाउने, विकास निर्माणमा ध्यान नदिने र सत्ता लिप्सामा लाग्ने गरेकाले सत्ता भोग गरिसकेका नेतालाई यसपटकको निर्वाचनमा मतदाताले पाखा लगाएको स्थानीय बुद्धिजीवीको भनाइ छ । “चुनावका बेला मतदातालाई लोभ्याउन ठूला ठूला नारा दिने तर निर्वाचित भएपछि नेता बिर्सिने गरेका छन्”, राजविराज नगरपालिकाका स्थानीयवासी विजयानन्द झाले भने , “त्यसैको परिणाम स्वरुप अहिले ठूला ठूला नेताहरूलाई मतदाताले अस्वीकार गरेको देखिन्छ ।” अब पनि नेताहरू नसुध्रिए उहाँहरूका लागि आगामी चुनावमा झन असहज हुने उहाँको कथन छ ।

यता यसरी चुनाव हारेका अधिकांश पूर्वमन्त्रीले पार्टी र गठबन्धनभित्रको घात अन्तरघातका कारण पराजय भएको बताएका छन् । “अन्य कारणभन्दा पनि पार्टी र गठबन्धन दलभित्रको घात अन्तरघातका कारण जित्ने चुनाव पनि हारेको छु”, माओवादी नेता तथा सिरहा क्षेत्र नम्बर ३ मा पराजित विश्वनाथ साहले भने , “हाम्रो क्षेत्रमा गठबन्धनका मत बढी छ, त्यो जितको लागि पर्याप्त नै हो तर गठबन्धनमा आबद्ध दलका नेताको असहयोग र घात अन्तरघातले चुनाव गुमाए ।” यसको विषयमा हामी गम्भीर समीक्षा गर्छाैं उनको भनाइ छ । रासस

The post यी हुन् यसपालि मधेसमा चुनाव हारेका १८ पूर्वमन्त्रीहरु appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: यी हुन् यसपालि मधेसमा चुनाव हारेका १८ पूर्वमन्त्रीहरु
यी हुन् यसपालि मधेसमा चुनाव हारेका १८ पूर्वमन्त्रीहरु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/hareka.jpg?resize=1024%2C721&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/12/blog-post_3.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/12/blog-post_3.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content