Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुको अनुगमन शुरु

SHARE: 520

मधेसखबर
वीरगन्ज, २७ मंसिर : सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले अग्रसरता लिएपछि नदी प्रदुषित गर्ने उद्योगहरुको अनुगमन सुरु गरिएको छ ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सक्रियतामा आइतबार बसेको बैठकले नदी प्रदुषण नियन्त्रणका लागि उद्योगको अनुगमन गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप मङगलबार देखि उद्योगहरुको अनुगमन सुरु गरिएको हो ।

नदीमा फोहोर र रसायनयुक्त पानी सिधै मिसाउदै आएका उद्योगहरुको मङगलबार देखि अगुमन थालिएको हो ।सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानले मङगलबार वीरगन्ज महानगरपालिका वडा नम्वर २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगहरुको अनुगमन गरेको छ । महानगरका उपमेयर इम्तियाज आलम नेतृत्वको अनुगमन टोलीले मङगलबार श्री निधी टेक्सटाइल्स प्रालि, ब्रिटानीया नेपाल प्रालि , शक्ति दाल मिल र शक्ति वायरमा पुगेर अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ती उद्योगले उद्योगबाट निस्कने फोहोर पानी सोझै नदीमा मिसाउने गरेको भेटिएको अनुगमनमा खटिएका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । अनुगमनका क्रममा निधी टेक्सटाइल्सले दैनिक करिब डेढ लाख लिटर केमिकल सहितको फोहोर पानी उद्योगबाट सोझै सिर्सिया नदीमा मिसाउने गरेको पाइएको वीरगन्ज महानगरपालिका वातावरण शाखाका प्रमुख देवेन्द्र चौधरीले बताए ।

उद्योगले अहिलेसम्म पनि वाटर ट्रिटमेण्ट प्लाण्ट जडान नगरेको र फोहोर पानी सिधै नदीमा फाल्ने गरेको पाइएको उनले बताए । यो उद्योगले फोहोर पानीका साथै नदी दुर्गन्धित बनाउने छाइँ (खरानी) पनि नदीमै फाल्ने गरेको भेटिएको उनले बताए ।अनुगमन टोलीले तत्काल ट्रिटमेण्ट राख्न र फोहोर पानी सोझै नदीमा नमिसाउन चेतावनी उद्योग व्यवस्थापन पक्षलाई दिएको जानकारी पनि उनले दिए ।

यस्तै विस्कुट उत्पादन गर्दै आएको ब्रिटानीयाले ट्रिटमेण्ट प्लाण्ट हुँदाहुँदै पनि पानी प्रशोधन नगरी फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ । शक्ति वायर उद्योगले भने उद्योगबाट निस्केको पानी जम्मा गर्न पोखरी बनाएको भएपनि त्यो प्रभावकारी नहुँदा फोहोर पानी नदीमा नै मिसिन पुगेको भेटिएको चौधरीले बताए ।

अनुगमनामा सहभागी महानगरका उपमेयर आलमले नदीलाई दुर्गन्धित बनाउने गरी लेदो सहितको फोहोर पानी फाल्ने उद्योगलाई पहिलो पटक चेतावनी दिइएको र आउँदा दिनमा यस्तो कार्य दोहोरिए सोझै कारवाही गरिने बताए ।सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नु पर्नेमा जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै नहेर्न उद्योगीहरुलाई उनले आग्रह पनि गरे ।

उपमेयर आलमको नेतृत्वमा खटिएको अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखाका देवेन्द्र चौधरी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो ।

बाराको सीमरा भन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न शुरु गरेको र्सिसिया नदी पर्साको वीरगन्ज शहर हुदै भारतको रक्सौल सम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट उत्सर्जित हुने रसायनयुक्त प्रदुषित पानी र फोहोर पर्दाथ सिधै नदीमैं उत्सर्जन हुदै आएका कारण सिर्सिया नदी विगत ३ दशक यता देखि प्रदुषित बनेको हो ।

छाला,डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुन लगायतका उद्योगहरुबाट निस्कने रसायनयुक्त पानी खोलामा बगाइन्छ ।जीवजन्तुका सडेगलेका छाला , रौं , खरानी , लेदो लगायतका विकारहरू प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिन्छ । जसले गर्दा सिर्सिया नदि प्रदुषित र दुर्गन्धित बनेको हो ।

सिर्सिया नदि आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दैै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । समितिले नदिको स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदनमा नदीको प्रदुषणको कारक उद्योगहरु नै रहेको उल्लेख छ ।प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने ४० भन्द्या बढि उद्योगहरुको नामै किटान गरिएको छ । अनुगमन समितिले जिल्ला प्रशासन कार्यालयमा त्यति बेला नै बुझाएको प्रतिवेदन अहिले सम्म कार्यान्वयन हुन सकेको छैन ।

 

The post सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुको अनुगमन शुरु appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुको अनुगमन शुरु
सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुको अनुगमन शुरु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/319158424_3647721738788419_854625070848202808_n.jpg?resize=1024%2C577&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/12/blog-post_27.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/12/blog-post_27.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content