मधेसखबर वीरगन्ज ,०२ मंसिर : वीरगन्जबाट नक्कली मतपत्र र नगद सहित दुईजना पक्राउ परेका छन् । वीरगन्जको बसपार्क १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार सहित दुई जना पक्राउ परेकाे ब सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।
करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पनि पाइएको छ ।
बाराको कलैयाबाट वीरगन्ज आउँदै गरेको बा. प्रदेश १– १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् ।
उनीहरूको साथबाट फेला परेको नक्कली मतपत्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
नक्कली मतपत्र र नगद सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ
The post वीरगन्जमा १० हजार नक्कली मतपत्र र २ लाख ७२ हजार नगद सहित दुई जना पक्राउ appeared first on Madhes Khabar.
प्रतिक्रिया