मधेसखबर
वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर २ को जारी मतगणनाको पहिलो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले शुरुवाती अग्रता लिएका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, १३८४ मत गनिसक्दा सक्दा गठबन्धनका साझा उम्मेदवार चौरसियाले ६७६ मत प्राप्त गरेका छन् । जसपाका उम्मेदवार सुरेन्द्र कुर्मीले ४९६ मत प्राप्त गरेका छन् । कुर्मी भन्दा चौरसिया १८० मतले अगाडि छन् । यस्तै राप्रपाका उम्मेदवार नरेश साह कानुले ३२ मत पाएका छन् ।
पर्सा २ मा कूल मतदाता ८६ हजार ९ सय ६६ रहेकोमा आइतबार भएको निर्वाचनमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।
The post पर्सा २ मा काँग्रेसका चौरसियाको शुरुवाती अग्रता appeared first on Madhes Khabar.
प्रतिक्रिया