वीरगन्ज ,२४ कार्तिक : आइसिसी टि-२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा आज बिहीबार भारत र इंग्ल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहीबार दिउँसो १: ४५ मा एडिलेड ओभलमा सुरु हुनेछ ।
विष्फोटक ब्याटरले भरिएका उपाधिका प्रमुख यी दुई मध्ये एक टोली फाइनलमा पाकिस्तानसँग भिड्नेछन् । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
भारत सुपर १२ को समूह बी को विजेता टोली हो । इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । सुपर १२ मा चार खेल जित्ने भारत एकमात्र टोली हो । भारतले पाकिस्तानलाई चार विकेट, नेदरल्यान्ड्सलाई ५६ रन, बंगलादेशलाई पाँच रन र जिम्बावेलाई ७१ रनले हराएको थियो । दक्षिण अफ्रिकासँग भने भारत पाँच विकेटले पराजित भएको थियो ।
इंग्ल्यान्डले अफगानिस्तानलाई पाँच विकेट, न्युजिल्यान्डलाई २० रन र श्रीलंकालाई ४ विकेटले हराएको थियो । अफगानिस्तानसँग बर्षाको कारण अंक बाड्दा आयरल्यान्डसँग पाँच रनले स्तब्ध भएको थियो । इंग्ल्यान्ड र भारत दुबैको टोलीमा विष्फोटक ब्याटरको बाहुल्यता छ । दुबै टोलीको ब्याटिङ प्रमुख हतियार हो ।
भारत २००७ को च्याम्पियन टोली हो । भारत २०१४ को फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित हुन पुगेको थियो । भारत ८ वर्षपछि फाइनल खेल्ने सोचमा हुनेछ । १५ वर्षपछि उपाधि जित्ने दाउँमा छ ।
यता इंग्ल्यान्ड २०१० को च्याम्पियन टोली हो । २०१६ को फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो । बेन स्टोक्सलाई अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथवेटले दोस्रो पटक उपाधि जिताएका थिए ।
The post विश्वकपकाे दाेश्राे सेमिफाइनलमा आज भारत र इंग्ल्याण्ड भिड्दै appeared first on Madhes Khabar.
प्रतिक्रिया