मधेसखबर
वीरगन्ज ,२४ कार्तिक : पर्सा निर्वाचन क्षेत्र नंं ३ (ख) मा जसपा एमालेबाट साझा उम्मेदवार डा. मधु गुप्ता कुर्मीको पक्षमा युवादेखि बृद्वा सम्मकाे आकर्षण देखिएको जसपाका कार्यकर्ताले बताएका छन् । चुनावी घरदैलोको क्रममा उनीहरुले डा. मधुलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।
डा. मधु राजनीतिमा युवा भएकाले युवाहरुले युवाका अपेक्षा सम्बोधन हुने विश्वास लिएका छन् भने महिला, बुज्रुग तथा प्रवुद्ध वर्गले समेत उनलाई जिताउन लागि परेको जसपा केन्द्रीय सदस्य सल्मा खातुनको भनाइ छ ।चिकित्सा पेशाबाट सक्रिय राजनीतिमा आएको र उनको स्वच्छ छविका कारण पनि उनीबाट मतदाताले बढी अपेक्षा पालेको विश्लेषण गरिएको छ । डा. मधुले सुशासन, सार्वजनिक सेवाको प्रभावकारिता, विकास निर्माण, महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता गरेकी छन् ।
अहिले राजनीतिमा परिवर्तन र युवा नेतृत्वप्रति मतदाताको आकर्षण देखिएको अवस्थामा डा. मधुको छवि परिवर्तनको पक्षमा भएको विश्लेषण भइरहेको खातुनले बताइन् ।
The post युवादेखि बृद्धको एउटै आवाज : पर्सा ३ (ख) मा डा. मधुलाई मतदान appeared first on Madhes Khabar.
प्रतिक्रिया