मधेसखबर
वीरगन्ज, २१ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा राप्रपाबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार नरेश कुमार साह कानुले सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीमा चुनावी घरदैलो गरेका छन् ।
साहले वडा नम्बर २७ मा घरदैलो गरेर मतदातासंग भेट्दै भ्रष्टचारी दल र नेताहरुबाट देशलाई मुक्त बनाउन राप्रपालाई मत दिन आग्रह गरे । मतदातासंग साक्षात्कार गर्दै साहले लोकतन्त्र र गणतन्त्रका नाममा संघीयता लादेर काँग्रेस , कम्युनिष्ट र मधेसी दलले ब्रम्हलुट मच्चाएकाले उनिहरुबाट देशलाई मुक्त बनाउन राप्रपा जित्नु पर्ने बताए ।
राप्रपाले जिते लगत्तै पहिलो काम हिन्दु राष्ट्रको घोषणा गर्नुका साथै संघीयता खारेज गर्ने उनले मतदाताहरुलाइ बताए । त्यसपछि भ्रष्टचारी नेताहरुलाइ जेलमा पुरयाउने पनि उनले दाबी गरे ।चुनावी घरदैलो कार्यक्रममा राप्रपाका युवा नेता विराज यादवका साथै अन्य नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।
The post भ्रष्टचारी दल र नेताबाट देशलाई मुक्त पार्न राप्रपालाई जिताउन साहको आग्रह appeared first on Madhes Khabar.
प्रतिक्रिया