मधेसखबर
वीरगन्ज ,१३ मंसिर : कतारमा जारी विश्वकप फुटबलमा नेदरल्यान्डस् समूह ‘ए’ को विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अल बेत रंगशालामा मंगलबार राति भएकाे खेलमा आयोजक कतारलााई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे हो ।
यता, आयाेजक कतार भने तीनै खेलमा पराजित हुँदै अंक विहीन बनेर विश्वकपबाट बाहिरिएको छ ।
नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र फ्रेन्की डि जोङले गोल गरे । खेलको २६औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई पहिलो १–० गोलको अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । खेलको ४९औँ मिनेटमा डि जोङले गोल गरेपछि नेदरल्यान्ड्स २–० ले विजयी भएको हो ।
यो जितसँगै नेदरल्यान्ड् समूह ‘ए’ को विजेता बनेर विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
नेदरल्यान्ड्सले तीन खेलबाट सात अंक बनाउँदै विश्वकपको प्रिक्वार्टरफाइनलमा स्थान बनाएको हो । यता, कतारले भने तीन खेलबाट सबैमा हार ब्यहोर्दै बाहिरिएको छ । अब नेदरल्यान्ड्सले प्रिक्वार्टरफाइनलमा समूह ‘बी’ को उपविजेतासँग क्वार्टरफाइनल प्रवेशको लागि खेल्नेछ ।
The post विश्वकप फुटबल: समूह विजेता बन्दै नेदरल्यान्डस् नकआउट चरणमा प्रवेश appeared first on Madhes Khabar.
प्रतिक्रिया