मधेसखबर
मंसिर २ वीरगञ्ज :
आसन्न मंसिर ४ गते हुन गईरहेको प्रतीनीधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै गएरातीदेखी बन्द गरीएको सिमा नाका आजदेखी सुनसान देखीएको छ । भारत तर्फका नाकामा र नेपाल तर्फका नाकामा आउजाउ गर्ने मानिसहरुको विहान भीडभाड देखीएपनि प्रहरीले भने उनीहरुलाई आउन जानका पुर्ण रोक लगाएको छ ।
नेपालको नाकाहरु मध्ये अति व्यस्त सिमा नाकाको रुपमा चिनिने वीरगंज भन्सार नाका पनि विहानदेखी सुनसान देखीएको छ । तर अतिआवश्यक परेको खण्डमा प्रहरीसंग समन्वय गरी आउ जाउ गर्न पाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पर्साको शहरी र ग्रामीण गरी ७ वटा भन्दा बढी नाका रहेकोमा वीरगंज, ठोरी, अमरपट्टी, भिश्वा लगायत सबै नाकामा सुरक्षकार्मी तैनाथ गरीएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जनाए ।
नेपाली सेना, सशस्त्र प्रहरी , नेपाल प्रहरी ,म्यादि प्रहरी लगायत सबै सुरक्षाकर्मीलाई तैनाथी अवस्थामा बस्न निर्देशन दिईसकिएको प्रजिअ ढकालले बताए ।मंसिर १ गते मध्यरातीदेखी बन्द गरीएको सिमा नाका मंसिर ४ गते मध्यरातीदेखी मात्रै खुल्ने प्रजिअ ढकालले बताए । सिमा नाका पुर्ण रुपमा बन्द गराउने कार्यमा भारतीय पक्षबाट पनि सहयोग भएको उनले बताए ।
त्यस्तै १६९ मतदान स्थल र ४१४ मतदान केन्द्रमा अवाञ्छित गतिविधी हुन नदिन , त्यस आसपास आचासंहिता कायम गराउन र मतदान स्थल तथा केन्द्र मतदातामैत्री बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा निरीक्षण कार्य जारी रहेको पनि उनले जानकारी गराए ।
२ हजार म्यादी प्रहरी , २ हजार ५ सय सशस्त्र प्रहरी , नेपाल प्रहरी ,नेपाली सेना गरी कुल ४ हजार ६ सय भन्दा बढी प्रहरी निर्वाचनलाई भयरहीत शान्तिपुर्ण रुपमा सम्पन्न गराउने लक्ष्यका साथ पर्सामा खटाईएको प्रजिअ ढकालले जानकारी दिँदै जिल्लाभरीका कर्मचारी , म्यादी प्रहरी , स्व्यव्सेवक लगायत गरी कुल ११ हजार भन्दा बढी जनशतिm खटाईएको बताए ।
The post चुनावलाई लक्षित गर्दै नेपाल भारत सिमा नाका पुर्ण रुपमा बन्द appeared first on Madhes Khabar.
प्रतिक्रिया