मधेसखबर
वीरगन्ज,०७ मंसिर : सप्तरी क्षेत्र २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत १८ हजार बढी मतान्तरले विजयी भएका छन्।
दुई पार्टी अध्यक्षबीचको प्रतिस्पर्धालाई निकै रोचकताकासाथ हेरिएकोमा जनमत पार्टीका अध्यक्ष राउतले ३५ हजार ४२ मत ल्याएर जित हासिल गरेका हुन्।
मतगणनामा सुरुवातदेखि नै अग्रता लिएका राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा निकट्तम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए।
सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुर ७ हजार ३४७ मतमा खुम्चिए। सप्तरी २ मा ६७.९७ प्रतिशत अर्थात ६४ हजार ५६० मतदान भएको थियो। जसमा ६० हजार ९२१ मत सदर भएको छ भने ३ हजार २९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।
गत निर्वाचनमा यादवले यसै क्षेत्रबाट २१ हजार ७२० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उनका निकट्तम प्रतिद्वन्द्वी बामगठबन्धनका उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याएका थिए।
त्यस्तै लोसपाबाट विद्रोह गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले २०७४ को निर्वाचनमा ९ हजार ४५९ मत ल्याएका थिए। सत्ता गठबन्धनको समर्थनमा उठेका ठाकुरले यसपटक भने ७ हजार ३४७ मत मात्र ल्याए।
The post सप्तरी २ : सिके राउतको फराकिलो जित ,उपेन्द्र यादवको लज्जास्पद हार appeared first on Madhes Khabar.
प्रतिक्रिया