मधेसखबर
वीरगन्ज,१२ कार्तिक : जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले शनिबार पनि घरदैलोमा पुगेर मतदातासँग भेटघाट गरेको छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ७ का मतदातासँग भेटघाट गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले छठ पर्वको शुभकामना पनि दिएका छन् ।
निर्वाचन नजिकिदै गएसँगै उनले नेता तथा कार्यकर्ताहरुलाई पनि जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सक्रिय हुन सचेत गराएका छन् । जनतालाई भ्रममा पारेर दिवा सपना देखाउनेहरुबाट सर्तक रहन आग्रह गर्दै उनले ईमान्दार एवम् जनताको पिरमर्का बुझ्ने व्यक्तिलाई चुनेर पठाउनुपर्ने बताएका छन् ।
निर्वाचित गराइसकेपछि पश्चाताप हुनुपर्ने अवस्था नआउनका लागि बेलैमा सोचेर अमूल्य मत सही व्यक्तिलाई दिई विकास र परिवर्तनको अभियानमा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् । वडा नम्बर ७ का मतदाताहरुले यादवको भनाईप्रति समर्थन जनाउँदै मताधिकारको सही सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
मतदातासँगको भेटघाटका क्रममा निवर्तमान सांसद यादवसहित मधेश प्रदेशका मुख्यमन्त्री एंव पर्सा क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार मोहमद लालबाबु राउत गद्दी, नेकपा एमालेका नेता नवराज शर्मा, लगायत नेकपा एमाले र जसपाका नेता एंव कार्यकर्ताहरुको उपस्थिती थियो ।
The post झुठा प्रलोभन दिनेहरुसंग सतर्क रहन प्रदीप यादवको आग्रह appeared first on Madhes Khabar.
प्रतिक्रिया