Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

छठ पर्ब विधीवत शुरु

SHARE: 520

 

मधेसखबर
वीरगन्ज, ११ कात्तिक : श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने छठ पर्व शुक्रबार देखि विधिवत शुरु भएको छ ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसवासीको महान् चाड छठ पर्व शुक्रबार देखि शुरु भएको हो ।कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ ।छठ पर्बको पहिलो दिन शुक्रबार छठका व्रतालुहरुले खोला, नाला, नदी, पोखरी , तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका छन् ।

छठको दोश्रो दिन अर्थात पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन देखि नै ब्रतालुहरुले निर्जल ब्रत शुरु गर्छन् ।
छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ ।त्यस दिन ब्रतालु महिलाहरुले नदि , पोखरी , तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाइ र भोलि पल्ट सप्तमी तिथीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ ।

शुक्रबार देखि विधीवत छठ पर्ब शुरु भएपनि छठको मुख्य दिन षष्ठी तिथी आइतबार परेकाले तराई मधेसका जिल्लामा छठ पूजाको लागि तयारी तीव्र रुपमा भइरहेको छ ।
छठ पर्व मनाउनेहरु पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ–आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लिन भएर जुटेका छन् ।
मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका कामहरू तीव्र रुपमा भइरहेको छ ।
वीरगन्जको घडीअर्वा, रानीघाट, नगवा, मुर्ली, छपकैया, पिपरा, रामगढवा, परवानीपुर, बहुअरी , आदर्शनगर , इनर्वा लगायतका क्षेत्रमा छटघाट सजावट र सरसफाईको काम तीव्र रुपमा भइरहेको छ ।

यसका साथै यहाका बजारमा छठ पूजाका लागि चाहिने बाँसका नाङगलो , डालो , सुपली , टोकरी , माटोको कलश , दियो , पुजन सामाग्री र प्रसादमा प्रयोग हुने उखु , फलफुल , मिठाइ , हरियो तरकारी , गहुको पिठो , चिनी , तेल , नयाँ लत्ताकपडा लगायतका सामान किन्नेहरुको आइतवार देखि नै भिडभाड बढेको छ ।वीरगन्जको घण्टाघर चोक देखि माइस्थान चोक सम्मको सडकमै छठका पुजन सामाग्री , फलफुल र बासका सामाग्री बेच्न पसलहरु थापिएका छन् ।

ब्रतालुहरुले छठ पूजाका सामाग्री षष्ठी तिथीको बिहान सम्म पनि किन्ने भएकाले त्यस दिन सम्म पनि यहाका बजारमा छठको किनमेल गर्नेहरुको भिड लाग्ने गर्छ ।

The post छठ पर्ब विधीवत शुरु appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: छठ पर्ब विधीवत शुरु
छठ पर्ब विधीवत शुरु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/chhath-1.jpg?resize=1024%2C683&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/10/blog-post_636.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/10/blog-post_636.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content