वीरगंज, २६ असोज । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले अवैध हातहतियार सहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
मङ्गलवार साँझ बाराको पचरौता नगरपालिका वडा नं. ९ तियर खोला पुलबाट पचरौता न.पा.वडा नं.८ बाजोपट्टी टोल बस्ने वर्ष २९ को अमर राय यादवलाई हतियारसहित पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।
उनले बोकेको प्लाष्टिकको बोराको झोला भित्र घरेलु कटुवा पेस्तोल थान–१ र चक्कु थान–१ बरामद भएपछि बारा जिल्ला अदालतबाट पहिलो पटक दिन पाँचको म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिप्रका, बाराका प्रवक्ता प्रनाउ राजेश थापाले जानकारी गराएका छन् ।
जिल्लामा अपराधिक गतिविधि न्यूनिकरण गर्न तथा आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले बारा प्रहरीले अहिले चेकजाँचलाई तीब्रता दिएको प्रवक्ता थापाले बताए । सिमावर्ती भारतीय जिल्लाहरूबाट अवैध सानो हातहतियार नेपाल भित्रिन नदिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको र उनीहरुको गोप्य सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया