मधेसखबर
वीरगन्ज, २२ असोज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल फेरि प्रदेशसभा सदस्यमै चुनाव लड्ने भएका छन् ।
मधेस प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सोनल , बाराको क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने भएका हुन् । २०७४ सालको निर्वाचनमा पनि सोनल त्यहि क्षेत्रबाट तत्कालीन राजपा (हालको लोसपा) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
शनिबार अबेर राति सकिएको सत्तागठबन्धन र लोसपा बिचको बैठकमा भएको सहमतिमा बारा क्षेत्र नम्बर ४ (ख) लोसपाको भागमा परेको छ । त्यसकारण सोनल , उक्त क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवार बन्ने भएका हुन् ।
२०७४ को निर्वाचनमा मधेस प्रदेशमा तत्कालीन राजपा (हालको लोसपां) ले तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) भन्दा ४ सिट मात्र कम पाएका कारण सोनल मुख्यमन्त्री बन्नबाट बन्चित भएका थिए । सोनल , आगामी निर्वाचन पछि पनि लोसपाका तर्फबाट मुख्यमन्त्रीका प्रबल दाबेदार रहेका छन् ।
The post मुख्यमन्त्रीका दाबेदार सोनल , फेरि प्रदेशसभामा चुनाव लड्दै appeared first on Madhes Khabar.
प्रतिक्रिया