माधुरी महत्तो
वीरगन्ज,२२ असोज : सत्तागठबन्धन र लोसपा बिच भएको छलफलमा पर्सा क्षेत्र नम्बर १ अन्तत लोसपाले पाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अबेर राति सम्म चलेको गठबन्धन र लोसपा बिचको छलफलमा पर्सा क्षेत्र नम्बर १ लोसपालाइ दिने सहमति भएको हो ।
पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा क्षेत्रमा लोसपाका नेता लक्ष्मणलाल कर्णलाइ उम्मेदवार बन्ने निश्चित भएको छ ।
बैठकमा सहभागी लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले यसको पुष्टी गरेका हुन् । मधेसखबरसंग कुरा गर्दै सोनलले भने , ‘ गठबन्धन र लोसपा बिच अन्तिम सहमति भयो , पर्सा १ लोसपाले पाएको छ , उक्त क्षेत्रमा लोसपा नेता एंव निवर्तमान सांसद लक्ष्मणलाल कर्ण नै चुनाव लड्नु हुन्छ , प्रदेशसभा तर्फ पर्साको १ को (ख ) भने काँग्रेसको भागमा परेको छ भने २ को (ख) लोसपाले लिने सहमति भएको छ ।
सोनलका अनुसार लोसपाले प्रतिनिधिसभाका ८ र प्रदेशसभा तर्फ १६ सिट पाउने भएको छ । कांग्रेस र लोसपाका नेताहरु बीचको छलफलले लोसपाले प्रतिनिधिसभाका ८ सिट र प्रदेशसभाका १६ सिट लिने गरी सहमति गरेको सोनलले बताए ।उक्त सहमति अनुसार पर्साका ४ प्रतिनिधीसभा क्षेत्र मध्ये २ , ३ र ४ भने काँग्रेसले लिने भएको छ ।
सत्ता गठबन्धनमा कांग्रेसले प्रतिनिधिसभाका ९० सिट पाएको छ ।गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ , लोसपाले ८ र राष्ट्रिय जनमोर्चाले २ सिट लिएर सहमति गरेका छन् ।
The post पर्सा १ लोसपालाइ , लक्ष्मणलाल कर्ण गठबन्धनको साझा उम्मेदवार appeared first on Madhes Khabar.
प्रतिक्रिया