मधेसखबर
वीरगन्ज,०२ कात्तिक : पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमाले प्रति मतदाताको आर्कण बढ्दै गएको त्यस क्षेत्रका अगुवा नेताहरुले बताएका छन् । मंसिर ४ को निर्वाचन नजिकिदै जाँदा पर्सा ३ मा एमाले प्रति जनलहर बढ्दै गएको उनिहरुको दाबी छ ।
पर्सा क्षेत्र नं ३ मा एमालेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले चुनावी प्रचार र घरदैलो कार्यक्रमलाइ तिब्रता दिएसंगै यस क्षेत्रमा एमाले प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ ।
चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रमकै बीच बुधबार पोखरिया नगरपालिकाको वडा नम्बर २ झखारामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र लोसपा पार्टीका गरि करिब तीन सय जना एमालेमा प्रवेश गरेका छन् ।
पोखरिया नगरपालिकाको वडा नम्बर २ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका क्षेत्र नम्बर ३ (ख) प्रदेश कमिटीका उपाध्यक्ष रामप्रसाद यादव ,कांग्रेस कै प्रभावशाली नेता शिव बचन प्रसाद यादव , लोसपाका नेता शिव पूजन साह गोढ सहित ३ सय जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरुलाइ एमालेका केन्द्रिय सदस्य एवं पर्सा जिल्ला सह इन्चार्ज तथा संविधान सभा सदस्य समेत रहेका गुप्ताले फुलमाला लगाएर पार्टीमा स्वागत गरे ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्यका उम्मेदवार गुप्ताले एमाले प्रतिको आकर्षण र जनलहर बढदै गएको बताए । जनताको सुख र ढुखमा साथ दिने र देश रक्षा एमाले नै गर्दै आएको र आगमी दिनमा पनि गर्ने भएकोले सुर्य छापमा आफ्नो मतदान गरी एमालेलाई विजय गराउन आग्रह गरे ।
पोखरिया नगरपालिकाको नगर कमिटी अध्यक्ष विधाचल ठाकुरको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रदेशसभा सदस्य (क) का मंजूर अंसारी , पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष महमद निजाम, जगरनाथपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष अयोध्या पटेल , नेता विकास पाण्डेय , राजेश रौनियार , धीरज चौरसिया , कृष्णा कुशवाहा , धामु शर्मा , सुनिल कुशवाहा , सन्तोष गिरी , लक्ष्मी कुशवाहा , लगायतको पनि सहभागीता रहेको थियो।
The post पर्सा ३ मा एमालेको जनलहर बढ्दै , काँग्रेस र लोसपाका ३ सय जना एमाले प्रवेश appeared first on Madhes Khabar.
प्रतिक्रिया