मधेसखबर
वीरगन्ज,२२ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पर्साको क्षेत्र नम्बर २ को (ख) मा प्रमानन्द साह कानुलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राप्रपाले पर्सा २ को (ख) मा प्रदेश सभा सदस्यको उम्मेदवारको टिकट दिएकाले कानु , राप्रपाबाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने पक्का भएको हो । उनले आइतबार मनोनयनपत्र दर्ता गराउने जनाएका छन् ।
झण्डै चार दशक नेपाली काँग्रेसमा रही सकृय राजनीति गरेका वीरगन्ज महानगरपालिका वडा नम्बर १० का प्रमानन्द साह कानु , भदौं ७ गते काँग्रेस परित्याग गरि त्यसको केहि दिनमै राप्रपामा प्रवेश गरेका थिए ।
पर्सा क्षेत्र नम्बर २ (ख ) को उपसभापति समेत रहेका कानुले विगत ४३ वर्ष देखि आफु काँग्रेसको विभिन्न पदमा रहेर काम गर्दै आएको तर अहिले आएर आफनो स्वास्थ्य अवस्था ठिक नभएका कारणले आफुले काँग्रेसको सबै पद र साधरणसदस्य समेतमा नरहने गरि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका थिए ।
The post काँग्रेस छाडेका प्रमानन्द साह कानु राप्रपाको उम्मेदवार appeared first on Madhes Khabar.
प्रतिक्रिया