Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

नारायणी अस्पतालमा २ करोडको लागतमा फोहोर व्यवस्थापन केन्द्र सन्चालन

SHARE: 520

मधेसखबर
वीरगन्ज, १३ असोज : वीरगन्जको नारायणी अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सन्चालनमा आएको छ ।

अस्पतालमा बिरामीको उपचारका क्रममा उत्पादन हुने जोखीमयुक्त र जोखीम रहित स्वास्थ्यजन्य वस्तुहरुको वैज्ञानिक व्यवस्थापनका लागि अस्पतालले स्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सन्चालनमा ल्याएको हो ।

अस्पताल परिसरमै निर्माण गरिएको केन्द्रको बिहीबार औपचारिक उद्घाटन पनि गरिएको छ । बिहीबार उद्घाटनसंगै केन्द्र सन्चालनमा आएको अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्र बहादुर प्रधानले बताए ।

युएनडिपीको आर्थिक सहयोगमा नारायणी अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । केन्द्र निर्माणका लागि युएनडिपीले ११ करोड ९७ लाख रुपैया आर्थिक सहयोग गरेको निमित्त मेसु प्रधानले जानकारी दिए ।

प्रधानका अनुसार , अस्पतालबाट दैनिक १७० केजी स्वास्थ्यजन्य फोहोर उत्पादन हुदै आएको छ । बिहीबार देखि सन्चालनमा आएको केन्द्रमा जडान गरिएको मेशीनबाट प्रतिघण्टा ५० केजी स्वास्थ्यजन्य फोहोरवस्तु प्रशोधन गर्ने क्षमता रहेको छ ।

यसअघि अस्पतालमा बिरामीको उपचारका क्रममा निस्कने स्वास्थ्यजन्य फोहोर वस्तु , अस्पताल परिसरकै खाली जग्गमा अव्यवस्थित रुपमा फालिने गरिएको थियो । जोखीम र प्रदुषणयुक्त ती फोहोर वस्तुका कारण अनेक किसिमका समस्या हुने गरेको थियो ।

तर अब केन्द्र सन्चालनमा आएपछि भने स्वास्थ्यजन्य फोहोरको वैज्ञानिक ढंगले व्यवस्थापन गर्न थालिएको र यसले अस्पताल र आसपासका क्षेत्रमा वातावरणीय प्रदुषण पनि नहुने अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहले बताए ।

केन्द्रमा स्वास्थ्यजन्य फोहोर वस्तु प्रशोधन गरेर ठोस फोहोरहरु बिक्री गर्दा अस्पतालको आन्तरिक आम्दानी पनि बढ्ने भएको सिंहले बताए । उनले भने ,‘ प्रशोधित फोहोर मध्ये नष्ट गर्नु पर्ने फोहोर महानगरपालिकाको ल्याण्डफिल साइटमा पठाउछौ , पुन प्रयोग गर्न मिल्ने (प्लाष्टिक जन्य वस्तु) ठोस फोहोर भने हामी आफै बिक्री गर्छौ , त्यसको आम्दानीबाट तीन चार जना कर्मचारीलाइ तलब पनि खुवाउन सक्छौ ।

सिंहले भने ,‘ अहिले सम्म अस्पतालका लागि ठूलो चुनौत भनेकै अस्पतालबाट निस्किने स्वास्थ्यजन्य फोहोरको व्यवस्थापन नै थियो तर अब त्यहि फोहोरलाइ बेचेर हामी मोहोर कमाउछौ ।

बिहीबार देखि सन्चालनमा ल्याइएको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन युएनडिपी नेपालका क्षेत्रीय निर्देशक बर्नाडो कोको ले गरेका हुन् ।

 

अस्पतालका निमित्त मेसु प्रधानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्र्तगतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्याय , अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , उपमेयर इम्तियाज आलम , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल , मधेस विश्वविधालयका प्राध्यापक डाक्टर दिपक शाक्य , स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साह , नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल , पर्साका प्रहरी उपरिक्षाक रमेश बस्नेत लगायतको पनि उपस्थिती थियो ।

The post नारायणी अस्पतालमा २ करोडको लागतमा फोहोर व्यवस्थापन केन्द्र सन्चालन appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: नारायणी अस्पतालमा २ करोडको लागतमा फोहोर व्यवस्थापन केन्द्र सन्चालन
नारायणी अस्पतालमा २ करोडको लागतमा फोहोर व्यवस्थापन केन्द्र सन्चालन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/madhes-pic3.jpg?resize=1024%2C768&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/09/blog-post_709.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/09/blog-post_709.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content