मधेसखबर
वीरगन्ज ,२० भदौं : लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरकाे नाम बाराकाे निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फ सांसदमा सिफारिस भएकाे छ ।
साेमबार बसेकाे लाेसपाकाे क्षेत्रीय समितिकाे बैठकले संघीय सांसदमा प्रत्यक्ष तर्फ ठाकुरकाे नाम सिफारिस गरेको हाे ।
ठाकुर, यसअघि २०७४ काे निर्वाचनमा महोत्तरी जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदमा निर्वाचित भएका थिए ।
बाराकाे निर्वाचन क्षेत्र नम्बर ४ बाटै संघीय सांसदमा प्रत्यक्ष तर्फ ठाकुरसंगै निवर्तमान सांसद एकबाल मियाँ , क्षेत्रीय सभापति सिताराम गुप्ता र शीवजी साेनीकाे नाम पनि सिफारिस भएकाे लाेसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए ।
The post लाेसपा अध्यक्ष महन्थ ठाकुर, बारा ४ बाट सिफारिस appeared first on Madhes Khabar.
प्रतिक्रिया