मधेसखबर
वीरगन्ज,०६ भदौ: पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुबर्णपुरमा सोमबार देखि राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा सन्चालनमा आएको छ।
सुबर्णपुरमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा सोमबार देखि सन्चालित एटिएम सेवाको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले उद्घाटन गरेका हुन् ।
पर्सा जिल्लाको ग्रामीण भेगमा संचालित राष्ट्रिय वाणिज्य बैंकले ग्राहक थप हुँदै गएपछि सुबिधाका लागि एटिएम सेवा सन्चालनमा ल्याएको हो ।
ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै एटिएम सेवा संचालनमा आएपछि यस क्षेत्रका ग्राहकले बैंकमा धेरैबेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने र कार्यालय समय भन्दा बाहेकका समयमा पनि ग्राहकले बैंकिङ सुविधा पाउने बैंकका सहायक प्रमुख प्रकाश कुमार बर्णवालले बताए ।
बाणिज्य बैंक सुवर्णपुरका शाखा प्रमुख यादव थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरी ५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन, सुवर्णपुरका पुर्व गावस अध्यक्ष जरी लामा, सुवर्णपुरका अगुवा सुन लामा लगायतको उपस्तिथि रहेको थियो ।
The post ठोरीको सुबर्णपुरमा एटिएम सेवा सुरु appeared first on Madhes Khabar.
प्रतिक्रिया