Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बारामा झूटो विवरण पेस गरी नागरिकता , तर छानबिनमा ढिलाइ

SHARE: 520

मधेसखबर
वीरगन्ज , १३ भदौं : झूटो विवरण पेस गरी जन्मदर्ता र सिफारिस लिएर वंशजको आधारमा नागरिकता लिएको भन्दै भारत पश्चिम बंगाल दार्जिलिङकी २१ वर्षीया रजनी गोले विरुद्ध बाराको निजगढ नगरपालिका–१२ का अध्यक्ष ज्ञानबहादुर गोलेले उजुरी दिएको एक महिना नाघिसक्यो ।

आफैंले गरेको सिफारिस गलत पर्न गएकोले रजनीको नागरिकता बदर सहित छानबिन गर्न उनले इलाका प्रशासन कार्यालयमा निवेदन दिएका थिए । इलाका प्रशासन कार्यालयले उक्त फाइल जिल्ला प्रशासन कार्यालय बारामा हस्तान्तरण गरिसकेको जनाएको छ । तर, यसबारे अझै छानबिन भएको छैन ।

रजनीले झुक्याएर गलत सिफारिस गराएको भन्दै वडाध्यक्ष सहित स्थानीयले इलाका प्रशासनमा पुगेर संलग्नलाई कारबाही हुनुपर्ने भन्दै निवेदन दर्ता र धर्ना नै दिएका थिए । रजनीले श्यामराज गोले र जीरामाया गोलेकी छोरी बनेर गत असार १ मा ३३–२–७९–००५१३ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएकी थिइन् ।

इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले वडाध्यक्ष गोलेले छानबिन गर्न निवेदन दिएपछि रजनीेसहित नक्कली बाबुआमा बनेकालाई उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिए पनि अन्य कारबाही अघि बढ्न नसकेको स्विकारे । गाउँमा कीर्ते गरी नागरिकता लिएको हल्ला चलेपछि श्याम, जिरामाया र रजनी फरार छन् । उनी भारतमा विवाहित भए पनि यहाँबाट अविवाहित बनेर नागरिकता लिएकी छन् । रजनीले वडाध्यक्षलाई सिफारिस गराउन वडा कार्यालय आफैं नगई जीरामायालाई पठाएकी थिइन् । उनले जेठ २३ मा जन्मदर्ताको प्रमाणपत्र लिएकी र भोलिपल्ट नगरिकताको सिफारिस लिएकी थिइन् ।

‘छानबिनको लागि गत साउन ८ मा निवेदन र धर्ना दिएका थियौं तर छानबिन प्रक्रिया अघि बढेको छैन,’ स्थानीय रमण घिमिरेले भने, ‘मिलेमतोमा दिइएको नागरिकता बदर हुनुपर्छ । मुचुल्का गर्ने प्रहरीदेखि स्थानीय, जनप्रतिनिधि र नक्कली बाबुआमा बन्ने सबै संलग्न छन्  ।’ दोषीहरूलाई कानुनी दायरामा नल्याएर जोगाउने प्रयास भइरहेको उनको आरोप छ । सिफारिस गर्ने वडाध्यक्ष ज्ञानबहादुर सहित वडा सचिव शुभचन्द्र महतो र नक्कली आमाबुबा बन्ने जीरामाया र श्यामराज माथि छानबिन गरी कारबाही हुनुपर्ने उनको माग छ ।

 

यसैगरी, सिम्रौनगढ नगरपालिका–७ का राकेश कुमारले झूटो विवरणको आधारमा नागरिकता लिई सरकारी जागिर खाइरहेको भन्दै नागेन्द्रप्रसाद महतोले गत असार ८ मा उनको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दिएका थिए । तर, उनको निवेदनमा पनि कार्यालयको मुद्दा फाँटले तोक लगाएर उपस्थित गराउन प्रहरीलाई पत्र लेख्नेबाहेक अरू केही गर्न सकेको छैन । पटक–पटक प्रशासनमा पुगे पनि छानबिनमा चासो नदिएर आफूलाई अलमल्याउने काम मात्र गरिएको महतोको आरोप छ ।

राकेशले २०६८ वैशाख २७ मा जिल्ला प्रशासनबाट नागरिकता लिएका थिए । उनको स्थायी घर भने भारत मोतिहारी जिल्लाको खडतरी गाउँमा हो । उनका बाबुआमा र उनले समेत दोहोरो नागरिकता लिएको दाबी गर्दै महतोले निवेदन दिएका थिए । ‘धेरैपटक प्रशासनमा पुगिसकियो, तर छानबिन गरेकै छैनन्,’ महतोले भने ।

झुटो विवरण पेश गरी नागरिकता लिएको भन्दै प्रशासनमा धेरै उजुरी दर्ता भए पनि छानबिनलाई तीव्रता दिइएको पाइँदैन । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने दुवै नागरिकतामाथि अख्तियार र प्रशासन कार्यालयबाट छानबिन भइरहेको बताए । ‘निवेदन र फाइल अध्ययन गरिरहेका छौं,’ उनले भने ।

इलाका प्रशासन कार्यालय निजगढका प्रमुख प्रशासकीय अधिकृत अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस विषयमा चासो राखेर कार्यालयबाट जवाफ मागेको पुष्टि गरे । ‘वडाध्यक्ष गोलेको लिखित र मौखिक निवेदनको आधारमा इलाका प्रशासन कार्यालयले रजनीसहित उनले बाबुआमा बनाएका र सनाखतमा बस्नेदेखि मुचुल्कामा समेत बस्नेहरूलाई उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिएको छ तर हालसम्म उपस्थित गराइसकेको छैन,’ उनले भने ।

प्रहरीले भने उनीहरूको खोजी भइरहेको बतायो । ‘आरोपित सबैको खोजी गरिरहेका छौं,’ निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीले भने, ‘फेला परेपछि प्रशासनमा उपस्थित गराउँछौं ।’ । साभार : कान्तिपुर

The post बारामा झूटो विवरण पेस गरी नागरिकता , तर छानबिनमा ढिलाइ appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: बारामा झूटो विवरण पेस गरी नागरिकता , तर छानबिनमा ढिलाइ
बारामा झूटो विवरण पेस गरी नागरिकता , तर छानबिनमा ढिलाइ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/bara.jpg?resize=840%2C540&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/08/blog-post_813.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/08/blog-post_813.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content