ब्रह्मास्त्र संवाददाता
वीरगंज, १३ भदौ ।
विषादियुक्त मदिरा सेवनबाट एकजना भारतीय वृद्धको सोमवार देहान्त भएको समाचार छ ।
सोमवार भारत, पूर्वी चम्पारण जोलगावां–वडा नं. ३ निवासी अहमद अन्सारीका छोरा वाजुल अन्सारीको निधन भएको समाचार स्रोतले जनाएको छ ।
नेपाल–भारत सीमामा पर्ने नेपालतर्फको बारा जिल्ला, पचरौता नगरपालिका–४ बेलदारीमा लोकल रक्सी खान आएका उनले आज पनि मदिरा सेवन गरेको र लडेर मृत्यु भएको बताइएको छ ।
सो क्षेत्रमा पर्ने नेपाल प्रहरी चौकी प्रमुखको मिलोमतोमा दैनिक खुलेआम रक्सीको बिक्री हुने र तस्करी हुने गरेको छ ।
भारत, बिहारमा रक्सी प्रतिबन्ध भएपछि सीमावर्ती क्षेत्रका बजारहरुमा अवैध रक्सी भट्टीमा भीड हुने गरेको छ । सो क्ष्Fेत्रमा दैनिकजसो अवैध रक्सीको कारोबार हुने गरेको छ । घरेलु विषाक्त मदिरादेखि ब्रान्डेड रक्सीसमेत भारततर्फ तस्करी हुने गरेको छ ।
दशगजा क्ष्Fेत्रभन्दा अलि दूरीमा स्थानीयहरु रक्सीभटीमा भीड लाग्ने गरेको छ भने दारु तस्करहरुले रक्सी भारतको बिहारतर्फ तस्करी गर्ने गरेको छ । क्षणिक लोभ र पैसाको लागि उनीहरुले विषाक्त मदिरा बनाउने गरेको पनि बताइन्छ ।
विषाक्त पदार्थ प्रयोग गरी बनाइएको रक्सी खाएर नेपाल र भारतको सीमामा धेरैजसोको मृत्यु भइसकेको छ । विषाक्त मदिरा बनाउने तस्करहरुले खेतमै ड्रम गाडेर, खेतकै पानी प्रयोग गरेर तथा विभिन्न केमिकल र रसायन मिसाएर लोकल विषाक्त मदिरा बनाउने र सोको कारोबार गर्ने गरेका छन् । नेपालको मदिरा भनेपछि भारतीयहरु हुरुक्क हुने पनि गरेका छन् जसले गर्दा अप्रिय घटना हुने गरेको छ ।
यसबारेमा सीमा क्षेत्रमा भारतका एसएसबीलाई पनि जानकारी नभएको होइन तर पनि उनीहरुले भारतको बिहार प्रान्तमा नेपाली घरेलु मदिरा मात्र होइन सिलप्याक महंगो मदिरा तस्करी गर्ने तस्करहरुलाई भारततर्फ तस्करी गर्न सघाइरहेका प्रत्यक्ष्Fदर्शीहरुले देखेका छन् ।
वृद्धको मृत्यु भएपछि स्थानीय वृद्धवृद्धाजनहरुले नेपाल–भारतको संवेदनशील क्षेत्रका सुरक्ष्Fाकर्मीहरु रमिते भएकोमा दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया