मधेसखबर
वीरगन्ज ,१४ भदौ : पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वीरगन्जका चिकित्सकलाइ दुव्र्यवहार गर्ने र ज्यान मार्ने धम्की दिनेहरुलाइ पक्राउ गरि कारबाही गर्न प्रहरीलाइ निर्देशन दिएका छन् ।
मङगलबार नेपाल चिकित्सक संघ नारायणी शाखाले दिएको निवेदन बुझदै प्रजिअ ढकालले घटनाको छानबिन गरि चिकित्सकलाइ दुव्र्यवहार गर्ने र ज्यान मार्ने धम्की दिनेहरुलाइ पक्राउ गरि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाइ निर्देशन दिएका हुन् ।त्यस क्रममा प्रमुख जिल्ला अधिकारी ढकालले चिकित्सकको सुरक्षा स्थानीय प्रशासनको जिम्मेवारी भएकाले नआत्तिन र घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको संघका सचिव डाक्टर नौशाद आलमले बताए ।
नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगन्जले संघका अध्यक्ष डाक्टर मनोज गुप्तालाई अभद्र व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिनेहरुलाई कार्बाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी ढकाललाइ ज्ञापनपत्र र निवेदन बुझाएको हो ।
स्थानीय प्रशासनले ती व्यक्तिहरुलाई पक्राउ गरी कारबाही नगरे वीरगन्जका सम्पुर्ण डाक्टरहरु आकस्मिक बाहेकका सबै उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी पनि संघले दिएको छ ।
संघका सचिव डाक्टर नौशादका अनुसार, वीरगन्ज हेल्थ केयर हस्पिटलमा साउन २६ गते पर्साको छिपहरमाइ गाउँपालिका २ का ३२ बर्षिय फिरोज मियाको शल्यक्रिया र उपचारका क्रममा अवस्था जटिल भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा लैजादा त्यहि उपचारका क्रममा उनको मृत्यु भएको थियो।
त्यहि घटनालाई लिएर मृतकका आफन्त सहितका केही समुहले सोमबार वीरगन्जको नारायणी अस्पताल अगाडि प्रदर्शन गरे पछि वीर्ता स्थित संघका अध्यक्ष डाक्टर गुप्ताको क्लिनिकमा पुगेर डाक्टर गुप्ता बिरामीको उपचारमै रहेका बेला गालि गलौज सहितको नाराबाजी गर्दै अभद्र व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको संघका सचिव डाक्टर नौशाद आलमले बताए ।त्यस क्रममा उनिहरूले संघका अन्य चिकित्सकहरुको मानमर्दन पनि गरेको सचिव डाक्टर नौशादले विज्ञप्तिमा उल्लेख गरेका छन्।
त्यसैले उक्त अराजक र उच्छृंखल गतिविधिमा संलग्नहरुलाई यथाशीघ्र पक्राउ गरि कानुन बमोजिम कारबाहीको माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाइएको सचिव डाक्टर नौशादले बताए । यदि स्थानीय प्रशासनले उनिहरूलाइ पक्राउ गरी कारबाही नगरे सम्पुर्ण डाक्टरहरु आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिने र त्यसको सम्पुर्ण जिम्मेवार स्थानीय प्रशासन हुने संघका सचिव डाक्टर नौशादले बताए ।
मियाको उपचारमा वीरगन्ज हेल्थ केयरका डाक्टर आसिफ अन्सारीको लापरबाहीकै कारण उनको मृत्यु भएको भन्दै मृतकका आफन्त सहितका समुहले कारबाही र क्षतिपूर्तिको माग गर्दै सोमबार वीरगन्जका विभिन्न स्थानमा नाराबाजी सहितको प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा नेपाली कांग्रेसका नेता नवीन सिंहले दोषीलाई कारबाही नगरिए तथा डाक्टरको पक्षमा उभिमे डाक्टरहरुलाई कालोमोसो दलेर बजार परिक्रमा गराउने धम्की दिएका थिए।
The post डाक्टरलाइ ज्यान मार्ने धम्की दिनेहरुलाइ पक्राउ गरि कारबाही गर्न सिडिओको निर्देशन appeared first on Madhes Khabar.
प्रतिक्रिया