मधेसखबर
वीरगन्ज ,०७ भदौ : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कृषि सामाग्री कम्पनि लिमिटेडका कायम मुकायम सन्चालक राजेन्द्र बहादुर कार्कीलाइ भेटेर वीरगन्जका किसानका लागि आवश्यक रासायनिक मल सहज रुपमा उपलब्ध गराइ दिन आग्रह गरेका छन् ।
मङगलबार काठमाण्डौमा कार्कीलाइ कार्यकक्षमै भेटेर मेयर सिंहले वीरगन्जका किसानलाइ आवश्यक परिमाणमा रासायनिक मल सहज रुपमा उपलब्ध हुने प्रबन्ध मिलाइन दिन आग्रह गरेका हुन् । त्यस अवसरमा मेयर सिंहले विदेशबाट आयात गरिएको मल भित्रिने मुख्य नाका वीरगन्ज नै भएपनि यहिकै किसानले मल नपाएर छट्पटिनु पर्ने अवस्था रहेको भन्दै कार्कीको ध्यानाकर्षण गगराए ।
उनले भने ,‘ देशलाइ चाहिने मल वीरगन्ज नाकाबाटै भित्रिन्छ तर वीरगन्जकै किसानले चाहिए जति मल पाउदैनन् , लम बोकेर जाने गाडीको धुवाँ धुलो वीरगन्जवासीले खान्छन् तर मल भने पाउदैनन्, यस तर्फ कम्पनिको ध्यान पुगोस् ।
अहिले कम्पनिले वीरगन्जका किसानका लागि छुट्याएको मलको कोटा अति नै अपुग रहेको भन्दै मेयर सिंहले त्यसका अतिरिक्त थप कोटा वीरगन्जका किसानका लागि छुट्याइन दिन कार्कीसंग आग्रह गरे ।
जवाफमा कार्कीले मेयर सिंहको कुरा जायज भएको भन्दै यस बारे आफुले सक्दो पहल गर्ने आश्वासन पनि दिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए । कार्कीले मल भित्रिने मुख्य नाका वीरगन्जका किसानको सहुलिलयतका लागि मलको कोटा थप्ने विषयमा आफु गम्भिर रहेको बताए ।
The post वीरगन्जका किसानलाइ प्रयाप्त मल उपलब्ध गराइ दिन मेयर सिंहद्धारा आग्रह appeared first on Madhes Khabar.
प्रतिक्रिया