Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

गठबन्धन छिटो टुंगो लगाउन लोसपाको माग

SHARE: 520

फाइल फोटो

मधेसखबर
वीरगन्ज, ०३ भदौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनमा सहभागी गराउने÷नगराउने विषयमा जतिसक्दो छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेरै छिटो निर्णय दिन आग्रह गरेका हुन् ।

 

प्रधानमन्त्री देउवाले लोसपालाई गठबन्धनमा ल्याउन प्राथमिकता दिँदै आए पनि गठबन्धनका अन्य दल त्यति सकारात्मक देखिएका छैनन् । लोसपा थपिनासाथ गठबन्धनमा चुनावको सिट बाँडफाँटमा जटिलता झन् बढ्नेछ । प्रधानमन्त्री देउवाले भने लोसपालाई सहकार्यका लागि आश्वासन दिइरहेका छन् । नेता महतोका अनुसार गठबन्धनले लोसपालाई समेट्ने÷नसमेट्ने विषयमा टुंगो लगाउन शुक्रबार छलफल गर्नेछ । ‘पहिला त पाँच दलले नै छलफल गरेर हामीलाई कसरी राख्ने टुंगो लगाउनुप¥यो भनेका छौं,’ उनले भने ।

 

महतोका अनुसार प्रधानमन्त्रीसँगको भेटमा नागरिकता विधेयक, आफ्ना नेता–कार्यकर्ताविरुद्ध लगाइएका मुद्दालगायत विषयमा छलफल भएको जानकारी दिए । ‘झूटा मुद्दामा परेकालाई छुटाउन काम भइरहेको प्रधानमन्त्रीले आश्वासन दिनुभयो,’ महतोले भने ।

 

लोसपालाई गठबन्धनमा ल्याउने विषयमा जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव बढी नकारात्मक छन् । दुवै दलको आधार क्षेत्र मधेस नै हो । महन्थ ठाकुर नेतृत्वको समूहले जसपाबाटै बाहिरिएर गत वर्ष लोसपा गठन गरेको हो । बुधबार र बिहीबार राजधानीमा चलेको जसपाको राजनीतिक समितिको बैठकमा पनि लोसपाका विषयमा छलफल चलेको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य मनीष सुमनले जानकारी दिए ।

 

‘प्रधानमन्त्रीले गठबन्धनका अन्य दलसँग लोसपाको औपचारिक सहभागिताका विषयमा प्रस्ताव राख्नुभएको छैन, प्रधानमन्त्रीले अध्यक्ष यादवसँग व्यक्तिगत धारणा लिएको सम्म सुन्यौं,’ उनले भने, ‘जसपा मात्रै होइन, अन्य दल पनि लोसपाप्रति खासै सकारात्मक देखिएका छैनन् ।’ एमाले अध्यक्ष केपी शर्मा ओली सत्तामा रहेका बेला ठाकुरको समूह उनैसँग मिलेकाले अहिले विश्वास गरिहाल्ने अवस्था नरहेको पनि सुमनले बताए ।

 

प्रधानमन्त्री देउवाले भने एमालेसँग चुनावी तालमेल हुनबाट रोक्न लोसपालाई गठबन्धनमा ल्याउन जोड गरिरहेका छन् । माओवादी केन्द्रका एक नेताले लोसपालाई सरकारमा सामेल गराउन भारतको पनि जोड रहेको बताए । ‘भारतको दबाब परेकाले लोसपालाई सत्ता गठबन्धनमा ल्याउन प्रधानमन्त्री देउवाले कसरत गरिरहनुभएको छ,’ उनले भने । लोसपालाई पनि एमालेसँग भन्दा पाँचदलीय गठबन्धनसँग सहकार्य गर्दा चुनावी लाभ बढी हुने अवस्था छ ।

 

The post गठबन्धन छिटो टुंगो लगाउन लोसपाको माग appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: गठबन्धन छिटो टुंगो लगाउन लोसपाको माग
गठबन्धन छिटो टुंगो लगाउन लोसपाको माग
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/losapa-priminister.jpg?resize=900%2C600&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/08/blog-post_48.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/08/blog-post_48.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content