मधेसखबर
वीरगन्ज,१३ भदौं : एसिया कपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।
दुबइमा भर्खरै सम्पन्न समुह चरणको पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराउदै भारतले विजयी सुरुवात गरेको हो ।
पहिले ब्याटिङ गरि पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले १९.४ बलमा ५ विकेट गुमाउँदै पुरा गरेको हो ।भारतका लागि विराट कोहलीले ३५ रन , रविन्द्र जडेजाले ३५ र हार्दिक पांड्याले १७ बलमा अविजित ३३ रन बनाए ।
त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.५ बलमा अलआउट हुदै १४७ रन बनाएको थियो ।
एसिया कपमा पाकिस्तान विरुद्ध भारतको यो नवौं जित हो ।
The post एसिया कप : भारतद्वारा पाकिस्तान ५ विकेटले पराजि appeared first on Madhes Khabar.
प्रतिक्रिया