
मधेसखबर
वीरगन्ज,३१असार : पर्साको ठोरी गाँउपालिकाको निर्मलवस्ती स्थित खेलमैदानमा २५ लाख रुपैयाको लागतमा प्याराफिट निर्माण गरिएकोे छ ।
नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठको पहलमा निर्मलबस्ती खेल मैदानमा प्याराफिट निर्माण गरिएको हो ।
श्रेष्ठको पहलमा मधेस प्रदेश सरकारको महिला, बालबालिका तथा खेलकूद मन्त्रालयले उपलब्ध गराएको २५ लाख रुपैयाको लागतमा तीन स्टेपको ७६ मिटर लामो प्याराफिट निर्माण गरिएको कांग्रेसका स्थानीय युवा नेता टिकाराम श्रेष्ठ(हिरा) ले बताए ।
स्थानीय अक्कल बहादुर श्रेष्ठको अध्यक्षतामा गठित उपभोक्ता समितिले ७६ मिटर लामो प्याराफिट निर्माण गरेको उनले बतााए । प्याराफिट निर्माण भएपछि अब निर्मलवस्ती खेलमैदानमा खेलकुदका गतिविधी गर्न आयोकजलाइ र खेल हेर्न आउने दर्शकहरुलाइ पनि सहज हुने पनि उनले बताए ।
The post काँग्रेस नेता श्रेष्ठको पहलमा निर्मलवस्ती खेलमैदानमा प्याराफिट निर्माण appeared first on Madhes Khabar.
प्रतिक्रिया