Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगन्जमा चिडीयाखाना बन्ने पक्का , वन मन्त्री यादवको निर्देशनमा कार्यदल गठन

SHARE: 520

मधेसखबर
वीरगन्ज,०३साउन : वीरगन्जमा पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक चिडीयाखाना बन्ने निश्चित भएको छ ।

केहि दिन पहिले गहृनगर वीरगन्ज आएका बेला वन तथा वातावरण मन्त्री प्रदीप यादवले घोषणा गरे अनुरुप वीरगन्जमा प्राकृतिक चिडियाखाना स्थापना गर्ने निर्णय वन मन्त्रालयले गरेको छ ।वीरगन्जमा चिडियाखानाको सम्भाव्यता अध्ययन गर्न मङगलबार वनमन्त्री यादवले ८ सदस्यिय कार्यदल गठन गरेका छन् ।

उक्त कार्यदलले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३१ सोलखपुर र वडा नम्बर ३२ रामवनमा चिडियाखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेर १० दिन भित्र मन्त्रालयमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यदेश पाएको छ ।कार्यदलले प्रतिवेदन पेश गरे लगत्तै यसै महिना भित्र चिडियाखाना स्थापनाका लागि काम शुरु गर्न मन्त्री यादवले मन्त्रालयका कर्मचारीलाइ निर्देशन पनि दिएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको मन्त्री यादवका उप–स्वकीय सचिव निखिल बर्णवालले जानकारी दिए ।कार्कीको संयोजकत्वमा गठीत कार्यदलको सदस्यमा मधेस प्रदेशका वन निर्देशक, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, डिभिजन वन कार्यालय पर्साका वन अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, वन तथा भू संरक्षण विभागका सहायक वन अधिकृत सवनम पाठक र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ रहेका छन् । कार्यदलको सदस्य सचिवमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत पेम्बा शेर्पा रहेका छन् ।

चिडियाखानाको स्थापनाले वीरगन्ज क्षेत्रमा पर्यटकीय गतिविधि बढ्नुका साथै वनजङगल संरक्षणमा पनि टेवा पुग्ने मन्त्री यादवको विश्वास छ ।यादवले भने ,‘वीरगन्जकै नाका हुदै वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्छन्, तर वीरगन्जमा नबसेर उनिहरु अन्य ठाउँहरु घुम्न जान्छन्, किन भने पर्यटकलाई वीरगन्जमा आकर्षित गर्न सक्ने कुनै त्यस्तो लोभलाग्दो गन्तव्य छैन ,त्यसैले पनि वीरगन्जमा पर्यटक रोक्न र यहाँको आर्थिक गतिविधिलाई बढाउन चिडियाखाना स्थापना गर्न लागेका हौं ,यसले पर्यटकीय र आर्थिक गतिविधि पनि बढ्ने विश्वास लिएको छु ।’

 

मङगलबारको बैठकमा सहभागी मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि वीरगन्जमा चिडियाखाना स्थापना गर्नका लागि प्रदेश सरकार पनि हरेक सहयोग गर्न तयार रहेको बताए ।उनले प्रदेश सरकारले चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउनेदेखि बजेट व्यवस्थापनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा सहभागी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि चिडियाखाना स्थापनाले पर्यटकीय गतिविधि बढ्नुका साथै वन जङ्गलमा भइरहेको अतिक्रमण रोक्न सघाउ पुग्ने बताए । चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउन र मन्त्रालयसँग समन्वय गर्न महानगरको कार्यपालिका बैठकले निर्णयसमेत गरिसकेको मेयर सिंहले जानकारी दिए ।

The post वीरगन्जमा चिडीयाखाना बन्ने पक्का , वन मन्त्री यादवको निर्देशनमा कार्यदल गठन appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: वीरगन्जमा चिडीयाखाना बन्ने पक्का , वन मन्त्री यादवको निर्देशनमा कार्यदल गठन
वीरगन्जमा चिडीयाखाना बन्ने पक्का , वन मन्त्री यादवको निर्देशनमा कार्यदल गठन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/joo-2.jpg?resize=1024%2C768&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/07/blog-post_61.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/07/blog-post_61.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content