Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

मधेसीका लागि संविधान पुर्नलेखन हुनुपर्छ :राजेन्द्र महत्तो

SHARE: 520

मधेसखबर
वीरगन्ज,०२ असार : शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १३ जना सांसदको समेत समर्थनमा बनेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा दोस्रोपटक सरकार बन्दा नागरिकता अध्यादेश ल्याउने सहमति भएपछि उक्त सरकारमा यो दल सामेल भएको थियो । तर अध्यादेश सर्वाेच्चको आदेशका कारण खारेज मात्र भएन, मन्त्रिपरिषद् विस्तारलाई नै सर्वोच्च अदालतले अवैध भनेपछि लोसपाका मन्त्रीहरू हट्नुप¥यो ।
संसद पुनःस्थापनासँगै २७ असारमा प्रधानमन्त्री भएका देउवासँग लोसपाले आफ्ना कार्यकर्तामाथि लागेको मुद्दा फिर्तासहित जन्मसिद्धका सन्तानलाई नागरिकता दिने गरी नागरिकता विधेयक ल्याउनुपर्ने माग राख्यो । देउवा सकारात्मक भएपछि लोसपाले सरकारलाई समर्थन ग¥यो । तर सरकारले नागरिकता विधेयक ल्याउन उदासीनता देखाएको भन्दै लोसपाका नेताहरूले प्रधानमन्त्री देउवालाई बारम्बार भेटिरहेका छन् । नागरिकता विधेयक संसदबाट पारित भए सरकारमा सहभागी हुनसक्ने लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको भनाइ छ ।
लोसपाका नेता राजेन्द्र महतोसँग पार्टीको तयारी र सरकारमा सहभागिताको सम्भावनाबारे अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको कुराकानी :

 

पछिल्लो समय प्रधानमन्त्रीसँग निरन्तर छलफल गरिरहनुभएको छ, किन हो ?

देश र जनताको माग–मुद्दा सरकारले सम्बोधन गर्ने हो । सरकारको प्रमुख प्रधानमन्त्री हो । त्यसैले प्रधानमन्त्रीलाई आग्रह गर्नुप¥यो, दबाव दिनुप¥यो । त्यसै पनि सरकार बन्दा समर्थन मागेपछि हामीले ओलीको सरकारले केही माग पूरा गरेको थियो, केही बाँकी छ । त्यसलाई तपाईंले अगाडि बढाउनुपर्छ । मुख्यतः नागरिकता सम्बन्धी अध्यादेश थियो, त्यसलाई संसदमा विधेयकका रूपमा ल्याउनुपर्छ भनेका थियौं । प्रधानमन्त्रीले ल्याउँछु भन्नुभएको थियो । मधेश आन्दोलनका बेला १३९ जनालाई लागेको झुटा मुद्दाहरू फिर्ता गर्नुपर्नेलगायत माग पनि थियो । यतिका दिन भइसक्यो सम्बोधन भएको छैन ।
यसअघि एमालेको अवरोधका कारण विधेयक आएन भनिरहेको थियो, अहिले त अवरोध पनि छैन । त्यसैले नागरिकता विधेयक ल्याउनुस् भनेर हामीले प्रधानमन्त्रीलाई ज्ञापन दिएका थियौं, ज्ञापनपत्र बुझाएको एक हप्ता हुनलाग्दा पनि सुनुवाइ नभएपछि हामीले संसद अवरोध गर्नुपर्ने हो कि भनेर सोचिरहेका थियौं । एकपटक प्रधानमन्त्रीलाई भेटौं भनेर उहाँलाई भेटियो । उहाँले बजेट पारित भएलगत्तै नागरिक विधेयक संसदमा ल्याउँछु भन्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर आएदेखि तपाईंहरूको कार्यकाल सरकारसँग माग राख्ने, तर पूरा नहुने भएरै बित्ने भयो ?

यो त दुर्भाग्य हो । यो देशै गोलचक्करमा फसिरहेको छ । संसद र सरकार कर्मकाण्डी हिसाबले चलिरहेको छ । अहिले पनि नेपाली जनता अधिकार र पहिचानका लागि संघर्ष गरिरहेका छन् । नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’को छ, अवस्था चाहिं ‘जनता दुःखी, विपन्न नेपाल’ छ । वास्तवमा भन्ने हो भने सरकार, संसद, नियम कानुन, संविधान के को लागि ? संविधानबाट जनताले उपलब्धि पाए कि पाएनन् ? अहिले हामी सबै मिलेर इमानदारीसँग छलफल गर्नुपर्ने हो । जुन जनताका लागि संविधान बनाइन्छ, त्यही जनताको अधिकार खोसिएको छ । नेपालका जनतालाई किन अहिले पनि अधिकार र पहिचानका लागि लडेर गोली खानुपर्ने ? बहस त यसमा हुनुपर्ने हो ।

तपाईंहरू पनि बार्गेनिङको एउटा विन्दुमा पुगेपछि यही संविधान स्वीकार गरेरै अघि बढ्नुहुन्छ ?

लोसपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, लोकतान्त्रिक प्रक्रियाबाट हिंड्छौं । अधिकार पहिचानका कुरा गर्ने हो, समृद्धिका कुरा गर्ने हो । हामी सडकमा पनि, संसदमा पनि त्यही कुरा उठाउने हो । सरकारमा गएर पनि त्यही कुरा उठाउने हो । तर हामीले मात्रै कुरा उठाएर पुगेन । हाम्रो शक्ति सानो छ, हाम्रो दबावले पुगेन । त्यसैले जनतालाई केन्द्रमा राखेर सबैले साझा हिसाबले सोच्नुपर्छ ।

हामीले २७० वर्ष त पार गरिसक्यौं, शासन परिवर्तन ग¥यौं । तर जनता त्यहीं छन् । अब इमानदारीपूर्वक छलफल गर्ने कि नगर्ने ? मैले त भन्ने गरेको छु, संविधान पनि ७÷७ वटा बनाइसक्यौं । जनताले अधिकार पाइरहेको छैन, किन ? किनकि संविधान र शासन पटक–पटक फेर्दा विचार र व्यवहार कहिल्यै पनि परिवर्तन भएन । विचार–व्यवहार औपनिवेशिक चिन्तन र सोचबाट प्रेरित भयो । जनतालाई गुलाम ठान्ने प्रवृत्ति बढ्यो । नेपाल सबै नेपालीका लागि बन्नै सकेन । नेपाल त पृथ्वीनारायण शाहले एकता गर्ने बेलामा साझा फूलबारी बनाउने भनेका थिए, हामीले साझा फूलबारी नै बनाएनौं । एकल पूर्वाग्रही सोचबाट प्रेरित भएर संविधान बनाइयो । अरूलाई गाली गरेर, खोक्रो राष्ट्रवाद देखाएर देश बन्दैन ।

 

तपाईंहरू आफैं पनि त कैयौं पटक सरकारमा जानुभएको छ, मन्त्री हुनुभएको छ त !

त्यो त नर्मल प्रोसेस हो, सरकार बनिरहन्छ । सरकारमा हामी पनि थियौं, भोलि फेरि जान्छौं । समय आयो भने सरकारमा जाने हो । यो नर्मल कामहरू भइरहेको हो, भइरहन्छ । तर यसले देश चल्दैन । देशको जुन समस्या हो, त्यसमा छलफल गर्नुपर्छ ।

तपाईंहरूले दिनदिनै गरेको छलफल चाहिं त्यही सरकारमा जाने कि नजाने भन्ने छ होइन ?

७० वर्षमा धेरै प्रकारका शासन बन्यो । त्यसले देशलाई निकास दिन सकेन । मेरो निष्कर्षमा नेपाल सबै नेपालीको लागि बन्न सकेन भन्ने हो । यहाँका सम्भ्रान्त शासकले नश्लवादी चिन्तन, सोच बोकेका छन्, उनीहरूले मधेशको समस्यालाई देशको समस्या मानेनन् । हामीमाथि त फुटाउ र शासन गरको रणनीति अपनाइयो ।

म के भन्छु भने बहुराष्ट्र राज्यका लागि देशमा राष्ट्रिय मुक्तिको क्रान्ति गर्नुपर्छ । हिमाल, पहाड, मधेशका सबै परिवर्तनकामी शक्ति मिलेर आन्दोलन गर्नुपर्छ । जनताले परिवर्तन चाहन्छन् भन्ने काठमाडौं महानगरको चुनावले देखाइसक्यो नि !

कसैले फुटाउनै परेन, तपाईंहरू आ–आफैं फुट्नुभयो होइन र ?

फुटाउने–जुटाउने, फुट्ने–जुट्ने, सरकारमा आउने–छोड्ने धन्दा त बहुदलीय कालमा पनि भएकै हो । गणतान्त्रिक कालमा पनि भइरहेकै छ । यो प्रकारको चिन्तन, सोच रहेसम्म यो धन्दा त भइरहन्छ नि !

नागरिकता विधेयक संसदबाट पारित भयो भने तपाईंहरू फेरि सरकारमा जाने हो ?

सरकारमा जाने आउने त भइहाल्छ । प्रस्ताव आइसकेको छैन, आयो भने सरसल्लाह गरौंला । जान परे पनि जाउँला ! नागरिकता विधेयक पारित भए सरकारमा जान सक्छौं ।तर नागरिकताको कुरा हेर्नुस् त, कति विडम्बना छ । धर्ती नेपालको, त्यो धर्तीमा जन्मने चाहिं विदेशी हुने हुन्छ ? नेपाली नागरिक आमाबुवाका लाखौं सन्तानले नागरिकता पाउनुपर्छ भनेर वर्षौंदेखि आवाज उठेको उठ्यै छ । सरकारले बनाइदिएन । हामीले सुरुदेखि नै भनेको भन्यै छौं । तर अहिलेसम्म पनि बनेको छैन ।

तपाईंहरूले पनि त नागरिकताको मुद्दा कि चुनाव आएपछि उठाउनुहुन्छ कि सरकारमा जाने खुट्टा उचाल्दा मात्रै ?

नागरिकता समस्या देशमा होइन, मानसिकताको समस्या हो । नश्लवादी शासकको मानसिकताको समस्या हो । मधेशमा बस्ने जनता नेपाली हो भन्ने मानसिकता नबनाउँदाखेरि समस्या आएको हो । गैरजिम्मेवारपनको पराकाष्ठा हो ।

तपाईंहरूले पनि त नागरिकतालाई सरकारमा जाने बार्गेनिङ टुलका रूपमा प्रयोग गर्नुभयो नि !

समस्या उठाउनु बार्गेनिङ टुल होइन, नालायक शासकहरूले त्यसरी अथ्र्याएका मात्र हुन् ।

तर, तपाईंहरूले पनि सरकारमा जाने बेला हुँदा मात्र किन नागरिकताको मुद्दा उठाउनुहुन्छ ?

दबाब भएपछि मात्रै काम गर्ने सरकारको चरित्र भएका कारणले त्यसो भएको हो । यसबाट नेपाल नै परेसान भएको छ । सरकारले स्वतः गर्नुपर्ने काममा पनि जनताले आवाज उठाउनुपर्ने ? यो त भएन नि ! एकले अर्कालाई औंला उठाउने, राष्ट्रवादको परिभाषा पनि गलत ढंगले गर्ने, धोती लगाएको छ भने शंका गरिहाल्ने, टोपी लगाएको छ भने ऊ पक्का नेपाली भइहाल्ने । यस्तो पनि हुन्छ ? शासकहरूमा एकल राज्यको चिन्तन र सोच भयो ।

अब प्रदेश र प्रतिनिधिसभा चुनाव पनि गर्नुपर्ने होला, तपाईंहरूको चुनावी एजेण्डा चाहिं के ?

देश बनाउने हो नि ! शासन र संविधान सबै नेपालीको लागि बनाउनुपर्छ । चार वर्ण ३६ जातको साझा फूलबारी बनाउने । देश बन्यो भने मधेश आफैं बन्छ । मधेशले पनि स्वाभिमानी अधिकार पाउँछ । मधेशले संघीयता माग्यो, सबै देशले संघीयता पायो । समावेशिता लागू गर्दा सबैले पाए नि, हैन ? मधेशले अधिकारसम्पन्न स्वायत्त शासन मागेको थियो । एकतात्मक र केन्द्रीकृत शासन प्रणालीले भएन, अब संघीयतातर्फ जानुपर्छ भनेर अधिकार मागेको हो । तर गरेन । यसले देश नै पीडित भयो । त्यसैले अब सबै मिलेर शक्ति निर्माण गर्नुपर्छ । त्यसो ग¥यौं भने देश पनि बन्छ, मधेश पनि बन्छ । बहुलराष्ट्र पनि बन्छ ।

तपाईं बहुलराष्ट्र राज्य भन्नुहुन्छ, बेलाबेला विवाद पनि हुन्छ, यो भनेको खासमा हो के ?

पुत्ला नै जलाए नि उपप्रधानमन्त्री भएका बेला । नेपाल एकल राज्य भयो, यसलाई बहुल राष्ट्र राज्य बनाउनुपर्छ । त्यसका लागि राष्ट्रिय मुक्ति क्रान्ति गर्नुपर्छ भन्दा नश्लवादी सोच बोकेका केहीले विरोध गरे, पुत्ला जलाए । मैले सीधै भनेको हो नि, नेपाल भनेको सबैको नेपाल हो । पृथ्वीनारायण शाहले नेपाल बनाउँदा नेपाल चार वर्ण ३६ जातको साझा फूलबारी हो भनेका थिए । बहुल राष्ट्र राज्य भनेको त्यही हो । नेपाल देशलाई धेरै देश बनाउने होइन, एक देशमा विविधता छ, त्यसलाई स्वीकार गर्नुपर्छ भनेको हो । यो एउटा जातिको देश होइन, तर शासन चाहिं एउटा जातिको भयो । त्यसो नगरौं भनेको हुँ ।

संविधानमै नेपाल बहुल राष्ट्रिय विविधताले भरिएको देश हो भनेर लेखिएको छ । नेपालको राष्ट्रिय गानले पनि त्यही भन्छ । तर गाना मात्रै गाएर के गर्ने ? त्यस अनुसारको देश त बनाउनुप¥यो नि, बहुल जातीय राज्य हो भनेर स्वीकार गर्नुप¥यो नि ! देशको शासन र संविधानमा सबै जातजाति, सबै समुदायको अनुहार देखिनुपर्छ । संविधान तपाईंको पनि हुनुपर्छ, मेरो लागि पनि हुनुपर्छ ।

तपाईंले भनेको कुरा त संविधानले बोक्छ, होइन र ?

यो संविधान एकल जातीय चिन्तनबाट जनतालाई गोली ठोकेर बनाइएको हो । यसले गर्ने भए त गरिहाल्थ्यो नि ! यो संविधानले काम गर्दैन । यसमा व्यापक सुधार चाहिन्छ, पुर्नलेखन चाहिन्छ । हामी सबै त्यो एजेण्डामा जानुपर्छ, अब नश्लवादी सोचले हुँदैन, एकल जाति चल्दैन भनेर सबैले बुझ्नुपर्छ ।   साभारः अनलाइनखबर

The post मधेसीका लागि संविधान पुर्नलेखन हुनुपर्छ :राजेन्द्र महत्तो appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: मधेसीका लागि संविधान पुर्नलेखन हुनुपर्छ :राजेन्द्र महत्तो
मधेसीका लागि संविधान पुर्नलेखन हुनुपर्छ :राजेन्द्र महत्तो
https://i1.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/Rajendra-Mahato-06032019065857.jpg?resize=692%2C482&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/06/blog-post_61.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/06/blog-post_61.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content