Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

देशभरमै सबै भन्दा बढि मत बदर वीरगन्ज महानगरमा

SHARE: 520

मधेसखबर
वीरगन्ज,०७असार : बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा देशभरमै सबै भन्दा धेरै मत बदर वीरगन्ज महानगरपालिकामा भएको पाइएको छ ।

निर्वाचन आयोगले तयार गरेको मत बदरसम्बन्धी प्रारम्भिक विवरणमा बाजुरा जिल्लाको बुढीगंगा बाहेक निर्वाचन सम्पन्न भएका ७५२ पालिका मध्ये सबै भन्दा धेरै मत बदर वीरगन्ज महानगरपालिकाको प्रमुख र उपप्र्रमुख पदमा भएको हो ।

वीरगन्ज महानगरको प्रमुख पदमा ९३ हजार ७ सय २८ मत खसेकोमा २१.५४ प्रतिशत अर्थात २० हजार १ सय ९१ मत बदर भएको छ ।यस्तै उपप्रमुखमा पनि ९३ हजार ७ सय २८ मत खसेकामा ४३ हजार ७ सय ३३ अर्थात् ४६.६५ प्रतिशत बदर भएको छ । वीरगन्जमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएका थिए । एमाले र लोसपाबीच तालमेल थियो । प्रमुख पदमा ३० जना र उपप्रमुखमा १० जना उम्मेदवार थिए । प्रमुखमा जसपाका राजेशमान सिंह र उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम विजयी भए ।

 

पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सर्वसाधारणमा मतदान गर्ने तरिका थाहा नभएको र दलको उम्मेदवार नभए पनि मतदाताले मत दिएका कारण बदर बढेको बताए । ‘जहाँ उम्मेदवार नै छैन तर त्यहाँ निर्वाचन चिह्न राखिएको छ । दलप्रति आस्था हुनेले उम्मेदवार नभए पनि पार्टीकै चिह्नमा लहरै भोट हालेका छन्,’ उनले भने, ‘उम्मेदवार नभएको ठाउँमा भोट हाल्दा बदर भएको हो । जिल्ला समन्वय समितिको मतपत्र जिल्लामा छापेका थियौं । उम्मेदवार नभएको चिह्न छापेनौं । यसकै कारण बदर भएन ।’

निर्वाचन आयोग र राजनीतिक दलले मतदातालाई भोट हाल्नै नसिकाएकै कारण बदर भएको उनले बताए । ‘निर्वाचन आयोगले यसपालि मतदाता शिक्षाको कुनै कार्यक्रम नै राखेन, उम्मेदवारले पनि मत मागे तर कसरी हाल्ने भनेर सिकाएनन्,’ उनले भने । पर्सामा पनि गाउँमा भन्दा सहरमा बढी मत बदर भएको उनले बताए । ‘गाउँका उम्मेदवारले हरेक घरमा पुगेर सिकाएका कारण बदर हुने प्रतिशत कमी भएको हुन सक्छ,’ उनले भने ।

 

गाँउ भन्दा शहरमा बढि मत बदर

निर्वाचन आयोगका अनुसार देशभरमा गाँउ भन्दा शहरमा बढि मत बदर भएको पाइएको छ । सबै गाउँपालिकामा खसेको कुल मतको औसत १४.३१ प्रतिशत बदर भएको छ । गाउँपालिका, नगरपालिका र उपमहानगरभन्दा महानगरपालिकामा मत बदर बढी भएको पाइएको छ ।

गाउँपालिकाका सातै पदमा २ करोड ९४ लाख ८८ हजार ९ सय ८८ मत खसेकामा ४२ लाख २० हजार ९४ मत बदर भएको हो ।
महानगरपालिकामा गाउँपालिकाको भन्दा झन्डै दोब्बर मत बदर भएको छ । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगन्ज र विराटनगर महानगरपालिकाका सातै पदमा खसेको मतको औसत २४.१२ प्रतिशत बदर भएको आयोगले जनाएको छ । महानगरका सातै पदमा ४३ लाख ३० हजार ३ सय ५८ मत खसेकामा १० लाख ४४ हजार ६ सय अर्थात् २४ प्रतिशत खेर गएको हो ।
नगरपालिकामा सातै पदमा ३ करोड ६८ लाख ४२ हजार ६ सय ११ मत खसेकामा ५५ लाख ४८ हजार २९ अर्थात् १५.०५ प्रतिशत खेर गएको छ ।
उपमहानगरपालिकामा पनि सातै पदमा खसेको ४२ लाख ७९ हजार ६६ मतमध्ये ८ लाख ६२ हजार २ सय ८२ अर्थात् २०.१५ प्रतिशत बदर भएको छ ।

७ सय ५२ पालिकामा भएको निर्वाचनमा १३ हजार ४ सय ८४ सदस्यमा छनोट गर्न भएको निर्वाचनमा १ करोड २५ लाख ७१ हजार ६८ जनाले मतदान गरेकामा ३८ लाख ३७ हजार ५ सय ५४ अर्थात् ३०.५२ प्रतिशत मत बदर भएको छ । १ सय ६१ पालिकाको सदस्यको मत ३० प्रतिशतभन्दा बढी बदर भएको छ । सात पदमध्ये सदस्यमा सबैभन्दा बढी बदर देखिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।
आयोगको प्रारम्भिक तथ्यांकअनुसार प्रमुखमा खसेको मतको ११.३३ प्रतिशत, अध्यक्षमा ९.६९ प्रतिशत, उपप्रमुखमा १८.२२ प्रतिशत, उपाध्यक्षमा १४.०७ मत बदर भएको छ । वडाध्यक्षमा ८.२५ प्रतिशत, महिला सदस्यमा १२.८० प्रतिशत, दलित महिलामा १४.६४ र सदस्यमा सबैभन्दा ३०.५२ प्रतिशत बदर भएको छ । पूर्ण बदर भने ३ लाख १ हजार ५ सय ९९ अर्थात् २.४ प्रतिशत भएको प्रारम्भिक विवरण आएको प्रवक्ता पौडेलले बताए ।
मतदाता शिक्षा नभएको र मतपत्रको लहर लामो भएकै कारण बदर बढी भएको हुन सक्ने आयोगले आकलन गरेको छ ।
स्थानीय तह निर्वाचनमा एउटा मतपत्रबाट ७ जना छनोट गर्नुपर्ने थियो । मतपत्रमा उल्लेख भएको छैटौं मतपत्रबाट दुई जना वडा सदस्य छनोट गर्नुपर्ने थियो । यही मतपत्रमा सबैभन्दा बढी बदर देखिएको हो । साभार :कान्तिपुर

The post देशभरमै सबै भन्दा बढि मत बदर वीरगन्ज महानगरमा appeared first on Madhes Khabar.


प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1743,
ltr
item
Brahmastra Daily: देशभरमै सबै भन्दा बढि मत बदर वीरगन्ज महानगरमा
देशभरमै सबै भन्दा बढि मत बदर वीरगन्ज महानगरमा
https://i1.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/vote.png?resize=764%2C282&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/06/blog-post_40.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/06/blog-post_40.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content