मधेसखबर
वीरगन्ज,०७असार : पर्साको कालिकामाई गाउँपालिकाले गर्भावती महिलाहरुको लागि निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशाकीय अअधिकृत अमित गिरीले सोमबार एउटा सूचना जारी गर्दै गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुको लागि निःशूल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका हुन् ।गाँउकार्यपालिकाको पहिलो बैठकले गर्भवतती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने् निर्णय गरेको गिरीले जानकारी दिए ।
पालिकाभरिका गर्भवती महिलालाइ स्वास्थ्य जाँच गराउनका लागि स्वास्थ्य संस्थामा जानका लागि गाँउपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने सुचनामा उल्लेख छ ।
उक्त सेवा आवश्यक परेमा पालिकाका एम्बुलेन्स चालक राजेश महतो कोइरीको ९८०७११९३५२, गोरख महतो कोइरीको ९८०७१८७८६२ र अरविन्द पटेलको ९८०७२७३१४८ मोबाइल नम्बमा सम्पर्क गर्न पालिकाले आग्रह गरेको छ ।
The post गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा appeared first on Madhes Khabar.
प्रतिक्रिया