मधेसखबर
वीरगन्ज,२७ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव साहु तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रतिनिधि सभा बैठकमा नै सांसदहरुले मिटर व्याजीलाई पक्रउ गरेर कारबाही गर्न सरकारसँग माग गरेका थिए ।
सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर धरानमा बस्दै आएका तेली फरार रहेका छन् । उनका छोरा नन्दकिशोरलाइ भने प्रहरीले धरानबाटै बिहीबार पक्राउ गरिसकेको छ ।
पीडितहरूले तीन महिनाअघि नै उजुरी दिए पनि प्रहरीले बेवास्ता गर्दै आएको थियो ।
रामदेवको ज्यादतीबारे समाचार प्रकाशित भएपछि प्रहरीले उनको खोजीमा तदारुकता देखाएको छ । पीडितहरूले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध तीन महिनाअघि नै इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गराएका थिए ।
The post सप्तरीका मिटरब्याजी रामदेवलाई तत्काल पक्रन प्रधानमन्त्री देउवाको निर्देशन appeared first on Madhes Khabar.
प्रतिक्रिया