वाग्मती।मकवानपुरको वाग्मती गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्केश घलान सात हजार ३८४ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय मकवानपुर हेटाँैडाले जनाएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम जर्गा मगरले छ हजार १६६ मत प्राप्त गर्नुभएको बताइएको छ । त्यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फणीन्द्र तिमिल्सिनाले सात हजार ९३५ मत ल्याएर विजयी हुनुभएको सो कार्यालयले जनाएको छ ।
मतगणना हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया स्याङ्तानले चार हजार ६६९ मत ल्याउनुभएको हो । यसअघि धनमाया २०७४ सालको निर्वाचनमा उक्त पार्टीका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको थियो ।
प्रतिक्रिया