Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

नेपालगञ्ज उपमहानगरपालिकामा काँग्रेसको अग्रता

SHARE: 520

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई कायम गर्नुभएको छ । 

प्रारम्भिक मत परिणाम अनुसार उहाँले ४१० मत प्राप्त गर्नुभएको छ  । 

यसैगरी नेकपा (एमाले)का पशुपतिदयाल मिश्रले २३८ र राप्रपाका नन्दलाल वैश्यले २१२ मत पाउनुभएको छ । उपप्रमुखमा जनता समाजवादी पार्टी ९जसपा०का कमरुद्दिन राईले ३०७, राप्रपाकी बिन्दु चर्तीमगरले २५९ र एमालेकी शान्ति ढकालले २२६ मत प्राप्त गर्नुभएको छ । नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २३ को मात्र गणना  सम्पन्न भएको छ । 

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै छ । एक हजार मत गणना गर्दा सो पार्टीका  उम्मेदवार नरेन्द्र न्यौपानेले ४४२ मत पाउनुभएको छ ।  एमालेका खिलप्रसाद भुसालले २७३ र काँग्रेसका पूर्ण आचार्यले २३० मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी नारायणी वलीले २९९, एमालेकी अस्मिता थारुले २९१ र काङ्ग्रेसकी सङ्गीता सुवेदीले २५१ मत पाउनुभएको छ । 

जिल्लाको नरैनापुर गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । दुई हजार सात मतगणना हुँदा अध्यक्ष पदमा काँग्रेसका रामचन्द्र मौर्यले ५८८ मत प्राप्त गर्नुभएको छ । 

जसपाका इस्तियाक अहमद साहले ५५७ मत प्राप्त गर्नुभएको छ ।  एमालेकी पदमावती यादवले ४१० मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा  काङ्ग्रेसकी अतिकुन निसाले ४६९ मत प्राप्त गर्नुभएको छ । एमालेका पञ्चराम यादवले ४४२ मत प्राप्त गर्दा जसपाकी जयन्तिदेवी श्रीवास्तवले ३०५ मत प्राप्त गर्नुभएको छ ।

राप्ती सोनारी गाउँपालिकामा एमालेका रामदास थारुले अग्रता कायमै छ । अहिलेसम्म पाँच हजार ८८ मत गणना हुँदा अध्यक्ष पदमा सोही पार्टीका उम्मेदवार थारुले एक हजार ८१८ मत प्राप्त गर्नुभएको छ । काँग्रेसका तप्तबहादुर पौडेलले एक हजार ७४८ मत प्राप्त गर्नुभएको छ ।  

माओवादीका उम्मेदवार पट्टु थारुले ८९५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत गौरवकुमार लामिछानेले जानकारी दिनुभयो । 

उपाध्यक्ष पदमा एमालेकी चमेली बागवलले एक हजार ८३४ मत प्राप्त गर्नुभएको छ ।  काङ्ग्रेसकी मनिषासिंह थारुले एक हजार ७३६ मत प्राप्त गर्नुभएको छ । 

माओवादी केन्द्रकी मञ्जु रोकायले ७३८ मत प्राप्त गर्नुभएको जनाइएको छ । खजुरा गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ ।  सो पालिकामा नेपाली काँग्रेस र माओवादीकाबीच गठबन्धन बनेको थियो । अहिलेसम्म एक हजार ६०७ मत गणना हुँदा अध्यक्ष पदमा एमालेका सुमन मल्लले ९४१ मत प्राप्त गर्नुभएको छ ।  

गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार डम्बर विक तुफानले ५८० मत प्राप्त गर्नुभएको छ ।  उपाध्यक्ष पदमा  एमालेकी ताजरुन निसाले ८२६ र गठबन्धनका तर्फबाट  काङ्ग्रेसकी मञ्जु मल्लले ६७४ मत प्राप्त गर्नुभएको छ । 

जिल्लाको डुडुवा गाउँपालिकामा एमालेकी सरोजकुमारी यादवले १४३ मत पाउँदा काँग्रेसका नरेन्द्रकुमार चौधरीले कूल १४० मत प्राप्त गर्नुभएको छ । जसपाका भण्डारीलाल यादवले ४४ मत गर्दा माओवादीले १० मत प्राप्त गरेको छ । डुडुवाको उपाध्यक्ष पदमा एमालेले १४३ र काँग्रेसले १३१, जसपाले ४३ तथा माओवादीले ११ मत प्राप्त गरेको छ । 

वैजनाथ गाउँपालिकामा काँग्रेसको अग्रता कायमै छ । अध्यक्षका उम्मेदवार काँग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षकी उम्मेदवार काङ्ग्रेसकै निर्मला रोकायले अग्रता लिइरहेका छन् । एक हजार २०० मत गणना हुँदा शाहीले ४४० र रोकायले ३३३ मत पाउनुभएको छ ।  

एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले २९५ र उपाध्यक्ष उम्मेदवार सोही पार्टीकी प्रेमपूर्ण योगीले ३३१ मत पाउनुभएको छ । जिल्लाको जानकी गाउँपालिकामा काँग्रेसका छब्बन खाँले अग्रता कायम राख्नुभएको छ । 

मत गणनाको सुरुआत चरणमै अग्रता लिँदै आएका अध्यक्ष पदका उम्मेदवार खाँले एक हजार ५८० मत गणना हुँदा उहाँले ६०८ मत प्राप्त गर्नुभएको छ । जसपाका राजीव वर्माले ३६२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

एमालेका उम्मेदवार हिमान्सु यादवले १६६ मत पाउनुभएको छ । उपाध्यक्ष पदमा काङ्ग्रेसकी रामप्यारी यादवले ५९३ मत पाउँदा उपाध्यक्ष पदमै माओवादीका रक्षाराम बर्माले १६९ र  एमालेकी भूमिसरा धितालले १०१ मत प्राप्त गर्नुभएको छ ।  

जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले प्राविधिक कारण र जनशक्ति पनि कम भएका कारण मतगणनामा ढिलाइ भइरहेको बताउनुभयो । रासस


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: नेपालगञ्ज उपमहानगरपालिकामा काँग्रेसको अग्रता
नेपालगञ्ज उपमहानगरपालिकामा काँग्रेसको अग्रता
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/05/blog-post_82.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/05/blog-post_82.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content