मधेसखबर
वीरगन्ज ,०९ जेठ : मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहको जित सुनिश्चित भएको छ ।
महानगरको जारी मतगणनामा अब गन्न बाँकी रहेको मत भन्दा मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सरावगी भन्दा जसपाका उम्मेदवार राजेशमानको मत बढि भएका कारण राजेशमानको जित सुनिश्चित भएको हो ।
सोमबार बिहान साढे ७ बजे सम्म कुल खसेको ९३ हजार ७ सय ८२ मत मध्ये ७७ हजार ५ सय ७७ मत गणना भइसकेको छ । अब १६ हजार २ सय ५ मत मात्रै गन्न बाँकी छ ।
यो अवस्थामा राजेशमानले १८ हजार ७ सय ५८ मतको अग्रता लिइसकेका छन् ।
यसले अब महानगरको मेयरमा राजेशमानको जित सुनिश्चित देखिएको हो ।
सोमबार बिहान साढे ७ बजे सम्म ७७ हजार ५ सय ७७ मत गणना हुदा राजेशमानले ३८ हजार ४ सय ३७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी सरावगीले भने १९ हजार ६ सय ७९ मत मात्रै ल्याएका छन् । तेश्रो स्थानमा रहेका राप्रपाका मेयर उम्मेदवार गिरिश गिरीले भने २ हजार ८ सय ५७ मत पाएका छन् ।
गन्न बाँकी रहेको मत भन्दा राजेशमानको अग्रता लिएको मतको संख्या बढि भएसंगै सामाजिक सन्जालमा राजेशमानका समर्थकहरुले जितको बधाइ र शुभकामना दिन शुरु गरिसकेका छन् ।
यस्तै वीरगन्ज महानगरको उपमेयरमा पनि गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमको जित पनि सुनिश्चित भएको छ ।
अब १६ हजार २ सय ५ मत मात्रै गन्न बाँकी रहदा गठबन्धनबाट काँग्रेसका उम्मेदवार आलमले भने निकटतम प्रतिस्पर्धी भन्दा १८ हजार ३ सय ४७ मतको अग्रता लिइसकेका कारण उनको पनि जित सुनिश्चित भएको हो ।
बिहान साढे ७ बजे सम्म ७७ हजार ५ सय ७७ मत गणना हुदा उपमेयरमा आलमले २४ हजार ९ सय १५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोसपका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ६ हजार ५ सय ६८ मत मात्रै पाएका छन् । राप्रापकी विना जयसवालले ४ हजार ८ सय ३४ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ४ सय ५८ मत पाएकी छन् ।
The post वीरगन्जको मेयरमा राजेशमान र उपमेयरमा इम्तियाजको जित सुनिश्चित appeared first on Madhes Khabar.
प्रतिक्रिया