मधेसखबर
वीरगन्ज, १६जेठ : वीरगन्जमा एक युवतीलाइ विहेको प्रलोभन दिइ पटक पटक जबरजस्ति करणी गरेको घटनामा संलग्नमा ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कटहरी गाँउपालिका ४ घर भइ हाल वीरगन्ज ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षिय सुरज साह ,जुम्लाको हेमा गाउपालिका ३ का ३५ वर्षिइ हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका १० घर भइ हाल वीरगन्ज १६ मा बस्ने ४२ वर्षिय लक्ष्मी बुढाथोकी कार्की रहेका छन् ।
प्रहरीका अनुसार , काठमाण्डौकी २५ वर्षिया युवतीलाइ साहले विवाह गर्ने प्रलोभन दिएर जेठ ५ गते वीरगन्जमा बोलाएर बसपार्क स्थित एक होटलमा लगी पटकपटक करणी गरेपपछि वीरगन्ज १६ स्थित कार्की होटलकी सन्चालिका लक्ष्मीको जिम्मा लगाई फरार भएका थिए ।
त्यसपछि जेठ १० गते लक्ष्मीले ती पिडिता युवतीलाइ विहे गर्छ भन्ने प्रलोभन दिइ वीरगन्ज १६ फुलवारी टोलमा डेरा गरी बस्ने योगीको साथमा पठाएकि थिइन् । तर योगीले पनि ती युवतीलाइ आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेर कोठामै थुनेर राखेका थिए । जेठ १४ गते राति ती युवती कोहि नभएको मौका छोपेर त्यहाबाट भागेर आफन्तको सम्पर्कमा गएकि थिइन् । त्यसपछि आफन्तले घटना बारे प्रहरीलाइ जानकारी गराएपछि प्रहरीले आइतबार वीरगन्जका विभिन्न स्थानबाट ती तीन जना आरोपितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
The post काठमाण्डौकी युवतीलाइ वीरगन्जमा ल्याएर पटक पटक बलात्कार गरेको घटनामा संलग्न ३ जना पक्राउ appeared first on Madhes Khabar.
प्रतिक्रिया