मधेसखबर
वीरगन्ज,०९ जेठ : सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेले जितेको छ । मेयर र उपमेयर दुवै पद एमालेले जितेको हो । मेयरमा एमालेकी उम्मेदवार कल्पनाकुमारी कटुवाल विजयी भएकी हुन्। कटुवालले नेकपा माओवादी केन्द्रका उम्मेदवार समेत रहेका निवर्तमान मेयर देवानन्द महतोलाई ५ हजार ६ सय ७ मतले हराउँदै विजयी भएकी हुन् । कटुवालले १२ हजार २ सय ७३ मत ल्याउँदा महतोले ६ हजार ६ सय ६६ मत मात्र ल्याएका छन्।
उपमेयरमा पनि एमालेकै रामबाबु प्रसाद साह विजयी भएका छन्। उनले ९ हजार ९ सय १ मत ल्याउँदा नेपाली कांग्रेसकी गंगा दहालले ७ हजार १ सय १९ मत ल्याएकी छिन् । माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान उपमेयर सीतादेवी माझीले ६ हजार ३ सय १४ मत मात्र ल्याइन्।
सर्लाहीका १९ वटा पालिकाको नतिजा सार्वजनिक हुदा एमालेले एउटा पालिका मात्रै जितेर साख जोजगाएको छ । २०७४को निर्वाचनमा भने चार स्थानीय तह जितेका एमाले यसपाली एउटामा मात्रै सिमित भएको छ । सर्लाहीमा कांग्रेसले १२ पालिकामा जित्न निकाल्न सफल भएको छ। माओवादी केन्द्रले चार, जसपाले दुई तथा एमाले र लोसपाले समान १–१ पालिका जितेको छ ।
The post सर्लाहीमा एमालेको बीउ कल्पनाले जोगाइन् appeared first on Madhes Khabar.
प्रतिक्रिया