वीरगंज, २८ वैशाख । पर्सा, बाराको नेपाल भारत सीमा क्षेत्रमा दुवै देशले गस्ती शुरु गरेको छ ।
पर्साको वीरगञ्जस्थित नेपाल–भारत सीमा स्थानीय तह निर्वाचन केन्द्रित गरेर गएराति १२ बजेबाट बन्द गरिएको छ । सीमानाका निर्वाचन अविधभर बन्द हुनेछ ।
नाकाबाट हुने आवत–जावत रोक्नका लागि नेपालका मात्र नभएर भारतीय सुरक्षाकर्मीले पनि संयुक्त 'बोर्डर पेट्रोलिङ' गरेका छन् । काउण्टरपार्टसँग बैठकले संयुक्त पेट्रोलिङ गर्ने निर्णय गरिएको पर्साका एसपी रमेश बस्नेतले जनाए ।
उनका अनुसार वीरगञ्जस्थित मुख्य नाका र सहायक नाकाहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलले संयुक्त गस्ती गरिरहेका छन् ।
प्रतिक्रिया