सल्यान । कपुरकोट गाउँपालिका सल्यानको अध्यक्षमा एकीकृत समाजवादीका दुर्गा बहादुर पुन ३१६० मत ल्याएर अध्यक्षमा विजयी भएका छन् भने माओवादी केन्द्रका प्रकाश भण्डारी ३२४० मत ल्याएर उपाध्यक्ष निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बहादुर सेनले २९३६ र उपाध्यक्ष पदमा एमालेकै भिमा बुढाथोकीले २७४५ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ६ मा राप्रपाका श्यामकृष्ण बोहराले ५५० मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेसँग तालमेल गरेको राप्रपाले वडा नं ६ मा जित हात पारेको हो ।
कपुरकोट गाउँपालिकामा वडा नं १ र ५ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रले जित निकालेको छ भने वडा नं २ र ४ को वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
यस्तै वडा नं ३ मा नेपाली काँग्रेस र वडा नं ६ मा एमाले र राप्रपाको समीकरणबाट राप्रपाले जित हासिल गरेको छ ।
प्रतिक्रिया