मधेसखबर
वीरगन्ज,९जेठ : रौतहटका पत्रकार फणी महत ब्रेन ट्युमरबाट ग्रसीत भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको अहिले काठमाण्डौ स्थित अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकले ब्रेन ट्युमरको तत्कालै शल्यकृया गर्नु पर्ने भनेकाले महतको शल्यकृयाका लागि तयारी भइरहेको अस्पतालमा उनिसंगै रहेका वीरगन्जका पत्रकार कमल उपाध्यायले जानकारी दिएका छन् ।
पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्याक्तिले आर्थिक सहयोग गरि दिन अपिल गरिएको छ ।
सहयोग गर्न चाहने इच्छुक व्याक्तिले राष्ट्रिय वाणिज्य बैंकको चपुर रौतहट शाखामा रहेको पत्रकार महतकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर १९७०१०००००१२१०१० मा रकम जम्मा गरिदिन सक्नेछन् ।
अन्नपूर्ण पोष्ट पत्रिकाको रौतहट संवाददाता समेत रहेका महत , रौतहटको चन्द्रनिगापुरबाट सन्चालित रेडियो सुप्रिम र कलमपार्टी डटकम अनलाइन पत्रिकाको सन्चालक पनि हुन्।
प्रेस चौतारी नेपालको मधेश प्रदेशका अध्यक्ष समेत रहेका महत करिब दुइ दशक देखि पत्रकारीतामा सकृय रहेका छन् ।
The post ब्रेन ट्युमरबाट ग्रसीत पत्रकार महतको उपचारमा सहयोगको अपिल appeared first on Madhes Khabar.
प्रतिक्रिया