मधेसखबर
वीरगन्ज,१३ जेठ : वीरगन्ज महानगरका नवनिर्वाचित मेयर राजेशमान सिंहले महानगरको सरसफाइ र सडकको अवस्था बारे शुक्रबार आफै घुमेर अनुगमन गरेका छन् ।
महानगरपालिकाको सरफाइ शाखाका कर्मचारीहरुलाइ संगै लिएर अनुगमनमा निस्किएका मेयर सिंहले सडक र नालाको जायजा लिदै सडक र नालाको सरसफाइ तुरन्त गर्न कर्मचारीलाइ निर्देशन पनि दिएका छन् ।
उनले महानरको सरसफाइको ठेक्का लिएका कम्पनिका कर्मचारीलाइ पनि सडक र नाला सरसफाइमा हेलचेक्रयाइ नगर्न निर्देशन दिएका छन् ।
शुक्रबार मध्यान्ह वीरगन्जको घण्टघार , माइस्थान हुदै घडीअर्वा सम्म पुगेर मेयर सिंहले सडक र नालाको सरसफाइको स्थलगत अनुगमन गरेका हुन् ।
सडक र नालाको अनुगमन पछि रजतजयन्ति चोकमा पुगेका मेयर सिंहले त्यहा पटके सवारी कर असुल्ने ढाटको पनि अनुगमन गरेका छन् । ्
त्यसक्रममा सिंहले पटके सवारी कर असुल्ने ढाट राखिएको अहिलेको स्थान महानगरको नभइ त्रिभुवन राजपथ मातहत क्षेत्रको सडक भएकाले २४ घण्टा भित्र त्यहाबाट ढाट हटाउन ठेकेदारलाइ निर्देशन पनि दिएका छन् । सिंहले ढाटमा रहेको ठेकेदारका कर्मचारीबाट रसीदको ठेली जफत पनि गरेका छन् ।
महानगरपालिकाको कार्यालयले चालु आर्थिक वर्षका लागि सवारी पटके कर उठाउनका लागि महानगरको सडकमा मात्रै अनुमति दिएको भएपनि ठेक्का लिएका ठेकेदारले भने अहिले कर असुली रहेको स्थान महानगरपालिकाको क्षेत्राधिकार भित्रको सडक नरहेको भन्दै आलोचना हुदै आएको थियो ।
नवनिर्वाचित मेयर सिंहले शुक्रबार नै नेपाल भारत मूख्य प्रवेशद्वार शंकराचार्य प्रवेशद्वारको पनि निरिक्षण गर्दै त्यहाको सरसफाइ र सौन्दर्यताको काम तत्काल थाल्न कर्मचारीलाइ निर्देशन दिएका छन् ।
सडक तथा नाला अनुगमनका क्रममा मेयर सिंहसंगै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवको पनि सहभागीता रहेको थियो ।
The post नवनिर्वाचित मेयर सिंह आफै सडकमा ,पटके सवारी करको ढाट २४ घण्टा भित्र हटाउन निर्देशन appeared first on Madhes Khabar.
प्रतिक्रिया