वीरगंज, २३ वैशाख ।
वीरगञ्ज महानगरपालिकाको उपप्रमुखकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले आज पनि वीरगञ्जका विभिन्न वडाहरूमा भेटघाट कार्यक्रम गरेकी छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का इनरवा, सुखचैना, वडा नम्बर २२ मनियारी, भवानीपुर वडा नम्बर २० अपौनी र हरपतगञ्ज, वडा नम्बर २३ सबैठवा लगायतका स्थानमा गएर मिश्राले यही बैशाख ३० गतेको निर्वाचनमा गुलाफ चिन्हमा मतदान गर्न आग्रह गरेकी हुन् ।
ग्रामीण क्षेत्रका वडाबासीले पनि मिश्रालाई भब्य स्वागत गर्दै मिश्रालाई नै समर्थन गर्ने बताए । महिलाका समस्या तथा गुनासोहरू सुन्नका लागि भएपनि महिलालाई नै अत्यधिक मतका साथ बिजयी बनाउने अपौनीकी स्थानीय जयनारायण सिँहले बताए ।
यहाँका प्रमुख दलहरूले पनि महिलालाई उपेक्षा गरेको बताउँदै स्वतन्त्रबाट उम्मेदवारी दिएकी महिलाले जित्नुपर्ने स्थानीय सबिता यादवको भनाई छ ।
सो अवसरमा वुमैन स्किल सेन्टरकी अध्यक्ष चञ्चला दास, सुधा मिश्रा, बन्दना कर्ण, नीलम मण्डल, नुतन ठाकुर, सहिता देवी, रेखा यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया