Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बागलुङमा बढ्यो चुनावी सरगर्मी

SHARE: 520

बागलुङ।उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् ।

दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरूसँग अब १० दिन मात्र बाँकी छन् । यो बीचमा प्रचारलाई अझ तीव्र पार्ने दलहरूले जनाएका छन् । सत्ता साझेदार दलको गठबन्धनले शनिबारदेखि जिल्लाभर चुनावी अभियान थालेको छ । मनोनयन फिर्ताको अवधि अघिसम्म अलमलमा देखिएको गठबन्धन एकढिक्का भएर प्रचारमा लागेको सम्बद्ध दलहरूले जनाएका छन् ।

वडा नं १४ नारायणस्थानमा शनिबार संयुक्त भेला तथा अन्तर्क्रियासँगै पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकाको प्रचार अभियान सुरु गरेको नेपाली काँग्रेसका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिनुभयो । नगरका १४ वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरूको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन हुने उहाँको भनाइ छ । गठबन्धनको उम्मेदवार परिचयसहित साझा प्रतिबद्धता पत्र आज सार्वजनिक गरिने भएको छ ।

गठबन्धनले काठेखोला गाउँपालिकामा पनि शनिबारदेखि चुनावी प्रचार अभियान सुरु गरेको छ । वडा नं ३ धम्जामा आयोजित चुनावी सभामा पाँच दलका जिल्लास्तरीय नेता सहभागी भएका थिए । काठेखोलामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राजु थापा अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक पुन चुनावी मैदानमा हुनुहुन्छ । गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, बरेङ र निसीखोलामा पनि चुनावी अभियान तीव्र पारिएको गठबन्धनले जनाएको छ । जैमिनी नगरपालिकामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नेपाली कांग्रेस जैमिनी नगरका सभापति प्रेम सापकोटाले जानकारी दिनुभयो ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ नगर समितिले पनि आज प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल छ । वडा तहको चुनावी अभियान पनि आजदेखि सुरु हुने एमाले नगर सचिव रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

आ–आफ्नै हिसाबले प्रचारमा लागेका दल र उम्मेदवारले आजदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन् । यसका लागि उनीहरूले वडागत रूपमा समयतालिका तयार गरेका छन् । मतदाता फकाउन स–साना भेला, सभादेखि घरदैलो अभियानमा दलहरु केन्द्रित छन् ।

यहाँका अरू स्थानीय तहमा पनि संयुक्त गठबन्धन र एमालेले चुनावी प्रचारलाई तीव्र पारेको छ । सत्ता साझेदार पाँच दल दशै स्थानीय तहमा गठबन्धन बनाएर चुनावमा होमिएका छन् । एमालेले पनि बागलुङ नगरपालिकामा राप्रपा र ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाको ‘विद्रोही समूह’सँग चुनावी तालमेल गरेको छ ।

गठबन्धनतर्फ काँग्रेसले बागलुङ, गलकोट नगरपालिकासहित काठेखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिका पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिका, राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिका पाएको छ । एमालेले भने दशै स्थानीय तहको प्रमुखमा आफ्नै उम्मेदवार उठाएको छ । एमालेले तालमेलका कारण बागलुङ नगरपालिकाको उपप्रमुखमा राप्रपा र ढोरपाटन नगरपालिकाको उपप्रमुखमा राजमोको ‘विद्रोही समूह’लाई छाडेको छ ।

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले शनिबार उम्मेदवारलाई चुनाव चिह्न दिइएको बताउनुभयो । “दल र उम्मेदवारले चुनाव चिह्न लिएर मतदाताकहाँ जाने, प्रचार गर्ने समय सुरु भएको छ”, उहाँले भन्नुभयो । निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकायलगायत भने चुनावको व्यवस्थापकीय तयारीमा जुटेका छन् । जिल्ला निर्वाचन अधिकारी रिजालले चुनावमा खटिने जनशक्तिको व्यवस्थापन, खटनपटन, तालिमसहित निर्वाचन आयोगले तोकेका काममा आफूहरू केन्द्रित रहेको बताउनुभयो ।

उहाँका अनुसार मतपत्रसहित चुनावमा प्रयोग हुने ५९ प्रकारका सामग्री जिल्लामा आइसकेका छन् । “व्यवस्थापकीय तयारीको काम अहिले भइरहेको छ, मतदान केन्द्रमा चाहिने सामग्री पछि मतदान अधिकृतसँगै पुग्छन्”, उहाँले भन्नुभयो, “सुरक्षा प्रबन्धको काम सोही निकायबाटै भइरहेको छ ।” जिल्लामा १०३ मतदानस्थल र २३० मतदान केन्द्र छन् । एक लाख ९३ हजार ६२५ मतदाता छन् । तीमध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् ।


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: बागलुङमा बढ्यो चुनावी सरगर्मी
बागलुङमा बढ्यो चुनावी सरगर्मी
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/05/chunab-1024x577.png
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/04/blog-post_69.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/04/blog-post_69.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content