काठमाडौँ ।प्रधान सेनापति प्रभुराम शर्माले बिहिवार बाराको अमलेखगञ्जस्थित नेपाली सेनाको श्री प्रतिविद्रोह तथा जङ्गल वारफेर शिक्षालयको निरीक्षण भ्रमण गर्नुभएको छ ।
निरीक्षणको दौरान उहाँले उक्त शिक्षालयको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिई शिक्षालयद्वारा तयार गरिएको डेमोन्स्ट्रेशनको अवलोकन, सकलदर्जालाई सम्बोधन तथा “श्री प्रतिविद्रोह तथा जङ्गल वारफेर शिक्षालयको स्मारिका–२०७८“ विमोचनसमेत गर्नुभएको थियो ।
भ्रमणकै क्रममा प्रधान सेनापति शर्माले नेपाली सेनाद्वारा, आसन्न “स्थानीय तह निर्वाचन–२०७९“ को सुरक्षामा केन्द्रित रही बारास्थित महागढीमाई इलाकामा स्थापना गरेको ‘कम्पनी अपेरेटिङ बेस’ को निरीक्षण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निरीक्षणका क्रममा उहाँले अपेरेटिङ बेसको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिई सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया