– दिपेन्द्र बि.सी.
वीरगंज, २९ माघ ।
सवारी सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको विशेष सहयोगमा मंगलवार राति वीरगंजको नारायणी अस्पताल नजिकमा छड्के चेकजाँच गरिएको छ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक (असई) रामबाबु यादवको कमान्डमा भएको सो चेकजाँचमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन तथा चालकहरूको कडाइका साथ अनुगमन गरिएको थियो। चेकजाँचको क्रममा कम्तीमा १० जना चालकलाई सम्झाइबुझाइ छोडिएको छ भने ट्राफिक ऐन उल्लंघन गर्ने १५ सवारी साधनलाई कानुनी कारबाई गरिएको छ।
प्रहरीका अनुसार, कारबाईमा परेका सवारी चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउनु, बिना लाइसेन्स सवारी सञ्चालन गर्नु, ट्राफिक नियम उल्लंघन गर्नु तथा अन्य सुरक्षा मापदण्ड नअपनाएको पाइएपछि उनीहरूलाई जरिवाना तथा कारबाई गरिएको हो।
प्रहरीको अनुसार, ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन यस्ता छड्के चेकजाँचलाई अझ प्रभावकारी बनाइने छ। सवारी चालकहरूलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै प्रहरी प्रशासनले सुरक्षाका लागि नियमको पूर्ण रूपमा पालना गर्न सुझाव दिएको छ।

प्रतिक्रिया