Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

SHARE: 520

पर्सा १२ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताउनुभएको छ । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताउनुभयो ।

"केडिया आँखा अस्पतालले मधेस मधेसमा मात्रै नभई बागमती र छिमेकी मुलुकका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ", उपराष्ट्रपति यादवले भन्नुभयो, "दक्ष जनशक्तिबाट मधेश प्रदेशको बारा र पर्सा जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने उद्देश्यको साथ सञ्चालित यो अस्पतालमा पछिल्लो समय बागमती प्रदेशको मकवानपुर, मधेस प्रदेशको रौतहट र सर्लाहीको पश्चिम भेग तथा छिमेकीमूलक भारतको विहार र उत्तर प्रदेशका जनसमुदायलाई पनि जनसेवा प्रवाह गर्दै आएको खुसी व्यक्त गर्दछु ।"

उपराष्ट्रपति यादवले केडिया आँखा अस्पतालले विगत ५० वर्षदेखि आँखाका बिरामीका लागि सहज पहुँचको व्यवस्था मिलाउँदै आइरहेको बताउनुभयो । "यो क्षेत्रको महत्त्वपूर्ण हिस्सा रहेको यो अस्पतालले आफ्नोे स्थापनाकालदेखि आँखा उपचारमा उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको छ", उहाँले भन्नुभयो, "समयानुकूल आँखा अस्पतालको सेवा पनि विस्तार गर्दै आइरहेको छ । आगामी दिनमा अझै गुणस्तरीय आँखाको उपचार सेवा प्रदान गर्न अनुरोध गर्दछु ।" उपराष्ट्रपति यादवले आँखा अस्पताललाई मुलुकै नमुना अस्पतालको रूपमा विकसित गर्नका लागि पनि अनुरोध गर्नुभयो ।

"अस्पतालले ५० वर्षे योगदानलाई स्मरण गर्दै विगतका कमीकमजोरीलाई सुधार्दै  बढ्नका लागि पनि जरूरी छ", उहाँले भन्नुभयो, "अस्पतालले उच्चस्तरीय उपचार सेवालाई अझै सशक्तीकरण गरेर दृष्टिमा देखिएको समस्यालाई समाधान गर्नेतर्फ अग्र्रसर हुन अनुरोध गर्दछु ।" उपराष्ट्र यादवले सोमबार अस्पतालको स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिएको दृष्टि स्तम्भ र अस्पतालको नयाँ प्रस्तावित भवनको शिलान्यास पनि गर्नुभयो ।

रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालका अध्यक्ष राजेशकुमार केडियाले ५० वर्षअघि वीरगञ्जको लोहारपट्टीमा पाँच श्ययाको आँखा अस्पताललाई अहिले एक सय ७५ श्ययाको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न सकेको बताउनुभयो ।

"५० वर्षको अवधिमा अस्पतालले २७ लाखभन्दा धेरै बिरामीको आँखाको उपचार गरेका छौँ । सो अवधिमा आँखाको शल्यक्रिया पनि झण्डै चार लाखको हाराहारीमा गरेका छौँ । जसमध्ये एक लाख ८२ हजार जनाको आँखाको शल्यक्रिया निःशुल्क गरेका छौँ", उहाँले भन्नुभयो, "आगामी दिनमा अस्पतालको सेवालाई अझै उच्चस्तरीय बनाउँदै आँखाको बैंक पनि स्थापना गर्ने घोषणा गर्दछौँ ।"

सोही अवसरमा स्वर्गीय हीरालाल केडिया सम्मानबाट प्रा डा सुनु दुलाल सम्मानित हुनुभएको छ । रू दुई लाख ५१ हजार एक सय ५१ नगद पुरस्कारसहित सम्मान गरिएको थियो । त्यसैगरी दृष्टिविहीन बालबालिका तथा शारीरिक रूपमा अशक्त भएकालाई नगदसहित ह्विलचेयन पनि प्रदान गरिएको थियो । नेत्रज्योत्ति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त, प्रा डा देवनारायण साहले नेपालको आँखाको उपचारमा पछिल्लो समय निकै राम्रो सुधार भएको बताउनुभयो ।

प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव
आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव
https://blogger.googleusercontent.com/img/a/AVvXsEh8eHw78LfhiPFBDH12RhPlT2fE4w9GxMgNjxQBbOqUhEJytWjIjx9Wgxgf3obO4pYXEP0VFG2WZaVsIxWL04EHnHefzokrSKkKqCKJOs6Az4HWOPC65TM4dFe1ruirfenKD5nvSH5_dJDVOOVfLvBcL27_LjVL2DR-gyzpk2A-j2ocM7mhG33BHXfv2Oo=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEh8eHw78LfhiPFBDH12RhPlT2fE4w9GxMgNjxQBbOqUhEJytWjIjx9Wgxgf3obO4pYXEP0VFG2WZaVsIxWL04EHnHefzokrSKkKqCKJOs6Az4HWOPC65TM4dFe1ruirfenKD5nvSH5_dJDVOOVfLvBcL27_LjVL2DR-gyzpk2A-j2ocM7mhG33BHXfv2Oo=s72-c
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2025/02/blog-post_24.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2025/02/blog-post_24.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content